Nov 22, 2018
लेखनाथ महोत्सव २०७५ को तयारी तिव्र

लेखनाथ, पुष ६

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा यही पुष ५ गते देखि १६ गते सम्म लेखनाथको डाडाकोनाक, तालचोकमा आयोजना गर्न लागेको १५ औ लेखनाथ महोत्सव २०७५ को मुख्य प्रायोजक एड्भान्स ग्रुपको अरनिको आबु खैरेनी सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि. रहने पक्का भएको छ । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारी र एड्भान्स ग्रुपका अध्यक्ष अरुण कर्ण दुवैले महोत्सवको मुख्य प्रायोजक एड्भान्स ग्रुपको अरनिको आबु खैरेनी सिमेन्ट ई.प्रा.लि. रहने गरि एक सम्झौता पत्रमा हस्ताक्षर कार्य सम्पन्न भएको कुरा लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिनुभएको छ । 

त्यसैगरि लेउवासंघद्वारा लेखनाथ महोत्सवको तयारी तिब्र गतिमा भईरहेको र महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरुको बैठक निरन्तर बसीरहेको जानकारी प्रचार प्रसार संयोजक एवं संघका उपमहासचिव गोपिचन्द्र बास्तोलाले दिनुभयो । कवि शिरोमणि लेखनाथ पौड्यालको स्मृतिमा गरिने खुल्ला कविता प्रतियोगितालाई अझ प्रभावकारी बनाउनका लागि नवराज अधिकारीको संयोजकत्वमा उपसमिति गठन तथा प्रतियोगिता तयारी बैठक बुधबार सम्पन्न भएको छ भने महिला उद्यमी समन्वय उपसमितिका सभापति मेनुका श्रेष्ठको सभापतित्वमा पनि महिला उद्यमीहरुको बैठक सम्पन्न भएको छ । 

'महोत्सव लेखनाथको सँस्कृति, स्थानिय उत्पादन, विकास र संमृद्धि' भन्ने मुल नाराका साथ हुन गईरहेको १५ औं लेखनाथ महोत्सवमा संघसंस्था, आमा तथा महिला समुहलाई बढि भन्दा बढि सक्रिय बनाउनका लागि संयोजक जानुका अधिकारीको संयोजकत्वमा समिति गठन गरी यहि पौष ९ गते आईतबार संघको कार्यालयमा बैठक वस्ने र पौष १५ गते बृहत भेलाको आयोजना गरिने भएको छ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by