Dec 21, 2018
 
लेखनाथ , ६ पुस ।

सवैका लागि महोत्सव सदैका लागि महोत्सव भने जस्तै फरक फरक दर्शकलाई सुहाउने गरि आयोजना गरिएको लेखनाथ महोत्सवमा दोहोरीका पारखीहरु हाँसो र खुसीका साथ रमेको पाईएको छ ।

हरेक दिन फरक फरक प्रस्तुती रहने गरि आयोजनहरुले जुन नारा बनाएका थिए त्यसैगरि सबै दर्शकलाई सुहाउने गरि राखिएको १५ औं सस्करणको लेखनाथ महोत्सवमा दोहोरीमा रम्ने दर्शकहरुको बाक्लो उपस्थीतिले आयोजकहरुलाई थप हौसला मिलेको छ  ।

पुस महिनाको पारिलो घाँममा बदाम र सुन्तला खादै स्टेजमा प्रस्तुत गरिएको दोहोरीमा केही दर्शक रमेका थिए भने कोही दर्शक दोहोरीको तालमा स्टेज अगाडी नाच्न तम्सीएको देखिन्थो ।

महोत्सवको दोस्रोे दिन दोहोरी तर्फ नविन पौडेल, याम क्षेत्री, राजेन्द्र सापकोटा, पुर्णकला विसी,बन्दना पाण्डे, तुलसा जिसीको प्रस्तुती रहेको थियो भने हास्य तर्फ सापटे र घिरौलेको प्रस्तुले दर्शकलाई भरपुर्ण मनोरञ्जन दिएको स्टेज संयोजक नेत्रपाणि बास्तोलाले जानकारी दिएका छन् । यसै गरि साझा युवा दर्शकहरुलाई लक्ष्यीत गरि राखिएको पप कन्सटमा यम नेपाली, ओम गुरुङ, मिना निरौला र माया पुनको प्रस्तुतीले साझाको महोत्सव स्थल तताएको थियो ।
पुस १६ गते सम्म संञ्चालन हुने महोत्सवमा राखिएको विद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता अन्तरग सुक्रवार छनोटमा परेका सात जना विद्यार्थी भाई बहिनीको प्रस्तुती रहेको प्रतियोगिताका संयोजक उपेन्द्रराज सुवेदी राजुले जानकारी दिएका छन् ।

यसैविच सनिवार देखि गण्डकी तारा र रत्यौली गीतको प्रतियोगिता हुने भएको छ भने सनिवार नै दिपक वज्राचार्यको लाईभ पप कन्सट हुने भएको छ ।

समग्र गण्डकी प्रदेशको आर्थीक, समाजिक,कृर्षि र पर्यटनको विकासमा टेवा पुर्याउने उदेश्यले विगतका महोत्सव भन्दा फरकसैलीमा आगामी पुस ५ देखि १६ गते सम्म महोत्ससव चल्ने छ ।  

सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवका रुपमा चिनाउदै एउटै थोलोमा उत्पादक देखि उपाभोक्ता सम्मको जमघट गराउने र उत्पादकत्व बृद्धि गर्दै उत्पादित बस्तुको वजारीकरणमा सहयोग पुग्ने विश्वास लिईएको छ ।

महोत्सव लेखनाथको संस्कृती, स्थानिय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ सुरु हने महोत्व अबधिभर तीन लाख दर्शकले मेलाको अवलोकन र करिव १५ देखि २० करोड वरावरको आर्थीक कारोवार हुने अपेक्षा आयोजकहरुले लिएका छन् । भने महोत्सवको दोश्रो दिन सम्म आइपुग्दा महोत्सवमा करिव १ करोड ३० लाख रुपैयाको आर्थिक कारोवार भएको जानकारी महोत्सवका आर्थिक संयोजक राजेन्द्र ओझाले जानकारी दिएका छन् । भने दशर्कको उपस्तिथी आज सम्ममा करिव ४० हजार दर्शकले महोत्सव अवलोकन गरी सकेका छन्  ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by