Dec 23, 2018
कृर्षि उत्पादनले तान्यो दर्शकलाई लेखनाथ महोत्सवमा
कृर्षि उत्पादनले तान्यो दर्शकलाई लेखनाथ महोत्सवमा
 
लेखनाथ , ८ पुस ।

लेखनाथको तालचोकमा जारी १५ औं सस्करणको लेखनाथ महोत्सवमा राखिएका कृर्षी उत्पादनका स्टलमा दर्शकको चासो बढेको छ ।

उत्पादक देखि उपभोक्ता सम्म सहज रुपले पउच पुग्ने र उत्पादित वस्तुको वजारीकरणमा सहयोग पुग्ने गरि महोत्सव स्थल भित्र राखिएका कृषि जन्य उत्पादन, हस्तकला, माछा, मह र घरेलु हस्तकलाका उत्पादनमा दर्शकको चासो बढेको हो ।

कृर्षि जन्य उत्पादनलाई प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सव स्थल भित्र दुईवटा माछाका स्टलबाट दैनिक सय केजी भन्दा बढि माछा विक्रि भएको रुपाताल पुर्नस्थापन तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष लेखनाथ ढकालले जानकारी दिएका छन् । उनका अनुसार रुपातालमा उत्पादित माछा दर्शकको आवश्यकता अनुसार दैनिक रुपमा बिक्रि वितरणको ब्यवस्था मिलाएको बताएका छन् ।

यसै गरि ताजा तरकारीका लागि राखिएका स्टलबाट विषेश गरि स्थानिय आलु, काउली, बन्दा, गोलभेडा र प्याजको विक्रि दैनिक हजार के.जी भन्दा बढि भएको कृषिका संयोजक दयाराम तिवारीले जानकारी दिएका छन् । यसैगरि महोत्सवमा राखिएको सुन्तलाको स्टलबाट दैनिक एक हजार केजी भन्दा बढि सुन्तलाको विक्रि हुदै आएको उनले बताएका छन् ।

महोत्सवको पनि महोत्सवका रुपमा चिनिएको लेखनाथ महोत्सवमा ब्यापारिक प्रयोजन सँगसगै उपस्थित दर्शकलाई थप मनोरञ्जन दिनका लागि राखिएको विद्यालय स्तरीय एकल नृत्य प्रतियोगीताका लागि छनोटमा परेका छ बिद्यालयका प्रतिस्पर्दी र गायन विधाको गण्डकी ताराको पहिलो चरणमा पुगेका १० प्रतियोगीको प्रस्तुती रहेको थियो भने संस्कृति जर्गेना गर्न जातिय नृत्य अन्तर्गत हेल्मो समाजको मौलिक नृत्यको प्रस्तुती रहेको थियो भने भोली तमु समाजको तर्फबाट स्याङ्जाली तमु समाजको सोरठी नृत्य हुने संयोजक बुढिमाया थापा मगरले जानकारी दिए । रत्यौली गीत प्रतियोगितामा तोरीचौर आमा समुह र कटुञ्जे आमा समुहको प्रस्तुती रहेको स्टेज संयोजक नेत्रपाणि बास्तोलाले जानकारी दिएका छन् ।

यसैबिच महोत्सवको चौथो दिनसम्म आईपुग्दा दर्शकको चापसगै कारोवारमा पनि बृद्धि हुदै आएका बताईएको छ । आईतवार आर्थिक कारोवार तर्फ करिव एक करोड २० लाख रहेको कोषाध्यक्ष राजेन्द्र ओझाले जानकारी दिए भने दर्शकको सहभागीता करिव १५ हजार रहेको आयोजक संस्था लेखनाथ उद्योग बाणिज्य संघका महासचिव भरतकुमार अधिकारीले जानकारी दिएका छन् ।

महोत्सवको पाचौं दिन सोमबार दोहोरी तर्फ  प्रजापति पराजुली, रामजी खांड, कृष्ण अखेली, भुमिका गिरी, मिना अधिकारी, सरिता सारु मगर, हास्य तर्फ काउली बुढी,  लाईभ पप कन्र्सट तफकृष्यण काफ्ले, काउली बुढीको प्रस्तुती रहने प्रचारप्रसार उपसमिति संयोजक गोपीचन्द्र बास्तोलाले जानकारी दिए ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by