Jan 14, 2019
बेनीमा माघेसंक्रान्ति मेला सुरु

म्याग्दी, ३० पुस । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा हुँदै आएको माघे संक्रान्ति आजदेखि सुरु भएको छ । म्याग्दी उद्योग बाणिज्य संघ अन्र्तगत रहेको महिला उद्यम विकास समितिको मुल आयोजनामा पुस ३० र माघ १ गते दुई दिने माघे संक्रान्ति मेला आयोजना गरिएको हो ।

"उद्योग, व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ" भन्ने मुल नाराका साथ आयोजना गरिएको मेलाको पहिलो दिन बेनीमा रहेका विभिन्न जाजातीको पहिचान झल्कने झाँकी सहितको र्याली निकालिएको छ । बेनी बजार परिक्रममा पश्चात अहिले कालिपुलमा मेलाको उद्घाटन हुँदै छ ।

मेलामा म्याग्दी डान्स आईडलको रुपमा एकल नृत्य प्रतियोगिता, उद्यमशिलता तथा म्याग्दी भ्रमण बर्ष-२०७५ बिषयक खुल्ला लोकगित प्रतियोगितासंगै महिला /पुरुष अन्धनिशान, छेलो र लठो तान्ने प्रतियोगिता हुने महिला उद्यम विकास समितिका सभापती सुनिता केसीले जानकारी दिनुभयो । नृत्य र लोकगित प्रतियोगितामा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमशः नगद रु १० हजार, ७ हजार र ३ हजार नगदद्धारा पुरस्कृत गरिनेछ ।

त्यसैगरि अन्धनिशानमा बिजेता हुनेलाई १ हजार ,छेलोमा २ हजार र लठो तान्नेमा ६ हजार नगद सहित पुरस्कृत गरिनेछ । बेनीको कालिपुलमा सुरु भएको मेलामा स्थानीय उत्पादनका स्टल पदर्शनी, स्थानीय विभिन्न समुदायको मौलिकध र परम्परागत लोकसंस्कृतिको प्रस्तुती संगै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको साँगेतिक प्रस्तुती रहनुको साथै महिला उद्यमीलाई सम्मान कार्यक्रम समेत तय गरिएको सभापती केसीले जानकारी दिनुभयो ।

म्याग्दीका सबै स्थानीय तहको सह-आयोजना तथा म्याग्दी उद्योग बाणिज्य संघको संरक्षकत्वमा आयोजना गरिएको मेलाको गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्ने तय भएको छ । बेनीमा तीन बर्षमा एक म्याग्दी उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव र दुई पटक महिला उद्यम विकास समितिको आयोजनामा मेला एवम सडकखाना महोत्सव आयोजना हुँदै आएको छ । मेला सम्पन्न गर्नको लागि रु ७ लाख ३५ हजार बजेट आबश्यक पर्ने अनुमान गरिएको छ ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by