Jan 26, 2019

कास्की, १२ माघ ।

उद्योगी व्यवसायीहरुको हकहितको संरक्षण सम्वर्द्धन गर्दै यस क्षेत्रको समग्र सामाजिक आर्थिक विकासको माध्यवाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने उद्देश्यले स्थापना भएको लेखनाथ उद्योग वाणिज्य संघले गरेको १५ लेखनाथ महोत्सव २०७५ को  समिक्षा तथा मायाको चिनो कार्यक्रम सम्पन्न गरेको छ ।

समिक्षा कार्यक्रममा व्यवसायीले १५ औ सस्करणको लेखनाथ महोत्सवका भएका गतिविधि सकारात्मक र नकारात्मक पक्षको खुलेर आ-आफ्नो धारणा राखेका थिए । भने लेखनाथमा रहेका विभिन्न जनजातीको झाँकी र्याली र आफनो संस्कृतिको पहिचान झल्काउने झाँकीलाई अझ व्यवस्थित गर्नु पर्ने, पर्यटन प्रवर्द्धनको विकासको लागि महोत्सवको माध्यमवाट कृषि प्रविधि सूचना मैन्त्री वनाउनु पर्ने र लेखनाथलाई कृषि अर्गानीक क्षेत्र वनाउन सवै व्यवसायी लाग्नु पर्ने र  आगामी १६ औं सस्करणको लेखनाथ महोत्सवलाई अझ व्यापक, सव्य र भव्य रुपमा मनाउनका लागि अझ व्यापक रुपमा लाग्नु पर्ने सुझाव राखेका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य सघका अध्यक्ष कृष्णहरी भण्डारी, निवर्तमान अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, पुर्व अध्यक्ष बाबुराम गिरी, सुमन भटट्राई र वरिष्ठ उपाध्यक्ष वलराम ढकाल, महासचिव भरतकुमार अधिकारी  लगायतले सवैले राखेका सुझावलाई उद्योग वाणिज्य संघले सकारात्मक रुपमा लिएको जनाएका थिए ।

१५ औ लेखनाथ महोत्सवमा विभिन्न कार्यसम्पादन समिति, निर्देशक समिति र सल्लाहकार समितिमा रहेर कार्य गर्नुहुने महानुभावहरुलाई  लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरी भण्डारीले कदर पत्र दिएर सम्मान गरेका थिए ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by