Feb 05, 2019
२०७५ माघ २१ गते

वैंक तथा वित्तिय संस्थाहरुबाट एकतर्फि रुपमा भएको व्याजदरको बृद्धी प्रति उद्योग वाणिज्य संघ-चितवनको गम्भिर ध्यानाकर्षण भएको छ । विगतका विभिन्न कालखण्डका वाधा व्यवधानका कारण कतिपय उद्योग व्यवसायहरु रुग्ण भई बन्द भए पनि देशमा स्थायी सरकारको गठन भए पश्चात यस क्षेत्रमा सुधारको अपेक्षा गरिएको थियो । देशमा लगानी मैत्री वातावरणको सिर्जना गर्दै वैदेशिक लगानी समेत आर्कषित गरि राजश्व र रोजगारीमा बृद्धी गर्नुपर्ने अवस्थामा विगत केहि समय  देखि बैंक तथा वित्तीय संस्थाहरूबाट एक तर्फिरूपमा ऋणको ब्याज दर अत्यधिक बृद्धि गरेका कारणले गर्दा उद्योग व्यवसाय क्षेत्रको लागत मुल्य वृद्धिभई संचालनमा कठिनाई भोगिरहेको कुरा  उद्योग वाणिज्य संघ-चितवनले  सम्बन्धित निकायमा बारम्बार ध्यानाकर्षण गराउदै आएको हो । 

निजी क्षेत्रले उठाएको यस  विषयलाई सम्बन्धित निकायबाट प्राथमिकता दिई ब्याजदर वृद्धिलाई नियन्त्रण गरी समस्या समाधान गर्ने प्रतिवद्धताका वावजुद पनि चर्को ब्याजदर नियन्त्रण गर्ने तर्फ सम्बन्धित निकायहरुको ध्यानाकर्षण  नहुंदा त्यसबाट मुलुकभरका उद्योग व्यवसाय क्षेत्र निकै प्रताडीत हुन पुगेका छन् । चर्को व्याजदर वृद्धिका कारणले एकातर्फ निजी क्षेत्रबाट निर्माणाधिन परियोजनाको लागत बृद्धि भएको छ भने अर्कोतर्फ नया परियोजना ल्याउन नसकिने अवस्था समेत सिर्जना भएको छ । 

अव्यवहारिक ढंगबाट एकतर्फि रूपमा ब्याजदर बढाइदा विगतमा भएको लगानी र आगामी दिनमा हुने लगानीलाई समेत प्रत्यक्ष प्रभाव पारी समग्र अर्थतन्त्रमा नकारात्मक असर पर्ने भएकोले ब्याजदर बृद्धिलाई निश्चित सिमा भित्र रहने वातावरण कायम गर्न प्रदेश सरकार, संघिय सरकार, अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंक समक्ष उद्योग वाणिज्य संघ-चितवन हार्दिक अपिल गर्दछ । यहि बिषयलाई लिएर नेपाल उद्योग वाणिज्य महासंघ संग आवद्ध जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुले समेत आ-आफ्नो स्थान बाट पहल गरिरहेको अवस्थामा यस संघले समेत ऐक्यवद्धता जाहेर गर्दछ । 

आर्थिक क्षेत्रमा भएका यस किसिमका विकृतिले नेपालको उद्योग क्षेत्रको प्रतिस्पर्धी क्षमता ह्रास हुन गइ यस क्षेत्रमा लगानी समेत निरूत्साहित हुन जाने देखिन्छं । नेपाल सरकारको समृद्ध नेपाल, सुखी नेपाली भन्ने नारा बर्तमान विसम परिस्थितिमा उपहास बन्न सक्ने तर्फ नेपाल सरकारका ध्यान आकृष्ट हुन आवश्यक छ । बढ्दो ब्याज दरलाई समयमै नियन्त्रण नगर्ने हो भने लगानी संकुचित भई सरकारले लिएको ८ प्रतिशतको आर्थिक बृद्धिको लक्ष्य र थप पा“च लाख रोजगारी बृद्धिको लक्ष्य हासिल हुन कठिन हुनुका साथै उद्योग व्यवसायहरु धरासायी हुने स्थिति सिर्जना हुनसक्ने तर्फ सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै एकातर्फि  रुपमा भएको वैंक तथा वित्तिय संस्थाको वैंक व्याजदर नियन्त्रण गर्नका लागि उद्योग वाणिज्य संघ-चितवन  सम्बन्धित निकायलाई जोडदार माग गर्दछ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by