Feb 16, 2019
लेखनाथ उद्योग वाणिज्य संघको  कानुनी सचेतना कार्यक्रम सम्पन्न 

लेखनाथ, ४, फागुन । 

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा एक दिने  महिला कानुनी सचेतना कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघको सभाहलमा शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा रेडियो जननीकी स्टेशन म्यानेजर विमला भण्डारीले कार्यपत्र प्रस्तुत गर्दै   महिलाहरु हरेक क्षेत्रमा सशक्त हुनका लागि सम्पुर्ण महिलाहरु संस्कार, संस्कृति र कानुनी कुरालाई मध्यनजर गर्दै समाज सुधार र घरपरिवारको आय आर्जन तर्फ विशेष ध्यान दिनुपर्ने र नेतृत्वदायी भुमिका निर्वाह गर्नु पर्ने कुरामा जोड दिइन् । 

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि झण्डारीले यस्ता कार्यक्रमबाट महिलाहरुको शत्तिकरण र कानुनको जानकारी हुने हुँदा कार्यक्रम फलदायी हुने वताउनुभएको थियो ।

सोही अवसरमा सहज कर्ता एवं अधिवक्रा माधवी पाण्डेले फौजदारी र देवानी कानुन सम्वन्धि व्यवस्था, जोखिममा परेका समामािजक र परिवारीक वहिष्करणमा परेका तथा हिंसा पिडित महिलाका लागि कानुने व्यवस्था गरेका कानुनी प्रावधानका वारेमा जानकारी दिएकी थिइन् । 

कार्यक्रमकी सभापति लेखनाथ उद्योग वाणिज्य संघकी सदस्य एवं तालिम व्यवस्थापन संयोजक जानुका अधिकारीले  भदौ १ गते देखि लागु भएको देवानी संहिता र फौजदारी कानुनका वारे जानकारी दिदैउद्देश्यले कानुनी सचेतना कार्यक्रमको आयोजना गरिएको र लेखनाथ उद्योग वाणिज्य संघले महिला मैक्री कार्यत्रम गर्दै आईरहेको वारेमा जोड दिएकी थिइन् । 

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पुर्व अध्यक्षहरु चतुराखर अधिकारी, सुमन भट्टराई, बावुराम गिरी त्यसैगरि बरिष्ठ उपाध्यक्ष बलराम ढकाल, प्रथम उपाध्यक्ष छत्रधर आत्रेय, उपमहासचिव गोपिचन्द्र बास्तोला लगायतले महिलाहरुले भोग्नु परेका पिडा र त्यस पिडा बाट न्याय पाउनको लागि नयां कानुनमा रहेको ब्यवस्थाको बारेमा जोड दिएका थिए । 

सचेतना कार्यक्रममा साबिक लेखनाथ नगरपालिकाका विभिन्न आमा समुह तथा महिला समुहहरुको प्रतिनितित्व भएको थियो ।

करिब ३६० जना महिलाहरुको उपस्थिति रहेको ऊक्त कार्यत्रमको संचालन संघका महासचिव भरतकुमार अधिकारीले गर्नुभएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by