Feb 18, 2019

लेखनाथ,  ६ फागुन ।

बैक तथा वित्त्तीय संस्थाले मनोमानी तरिकाले वढाएको ब्याज दरका कारण ब्यवसायीहरु मर्कामा परेको सोमवार लेखनाथमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

लेखनाथ उद्योग बाणिज्य संघले राखेको बैक तथा वित्तीय संस्थाहरुको कार्यनितीका कारण ब्यवसायीमा परेको असर सम्वन्धि छलफmल तथा अन्तरक्रिया कार्यत्रमका सहभागीहरुले सुरुमा एउटा ब्याज दर कायम गर्ने पछि विभिन्न बहाना र सिस्टमको हवला दिदै ब्यवसायीहरुसगँ लिने चर्को ब्याज दरले आफुहरु मारमा परेको बताईएका हुन्  ।

देश ब्यापी चर्चामा आएको ब्याजदरका विषयमा लेखनाथ उद्योग बाणिज्य संघले पनि ऐक्यबद्धता सहित बैक तथा वित्तिय संस्थाको कार्यशैलीप्रति विरोध जनाउदै आन्दोलन कै कार्यक्रम मार्फत अगाडि वढ्नु पर्नेमा पनि सहभागीहरुकले एक मत जाहेर गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जिव बहादुर कोईरालाले बैकले सरकार र उद्योग बाणिज्य महासंघको आदेश नमार्ने हो भने संगठित भएर ठुलै आन्दोलन गर्नु पर्ने अवस्था भएकाले ब्यवसायिहरु आफनो पेशा ब्यवसाय छोडेर भए पनि आन्दोलनका लागि तयारी रहन आग्रह गरेका थिए ।

बैक तथा वित्तीय सस्थाले सुरुमा चिप्ला र मसिना कुरा गर्ने तर पछि ब्यवहारमा ब्यवसायीहरुको घाँटी निमोठ्ने गरी ब्ववहार गरेकोप्रति खरो रुपमा उत्रिएका कोईरालाले समस्या धेरै छन् जुन काम सरकारलाई नै असफल गराउने गरी बैकहरुले काम गरिरहेकाले अव समस्यको समाधान मात्र होईन नितीगत रुपमा परिमाण देखिने गरी कार्यन्वन हुनु पर्छ उनको जोडदार माग रहेको थियो ।  कार्यक्रम संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा संघका पूर्व अध्यक्ष सुमन भटराई, बावुराम गिरी, निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, अधिवक्ता भुवन पराजुली लगाएतका ब्यवसायीहरुले बैकले वढाउदै गएको ब्याजदरका कारण आफनो ब्यवसाय धरापमा परेको गुनासो राखेका थिए ।

संघका महासचिव भरतकुमार अधिकारीले संचालन गरेको सो कार्यक्रममा विरिष्ठ उपाध्यक्ष बलराम ढकालले स्वागत मन्तव्य राखेका थिए ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by