May 12, 2019

मिति २०७६ बैशाख २८ गते सम्पन्न दोलखा उद्योग वाणिज्य संघको २२ औं बार्षिक साधारण सभा सम्पन लगतै संघको नयाँ कार्य समिति चयनका लागी भएको निर्वाचन कार्यक्रमबाट निर्वाचितहुनुहुने वर्तमान कार्य समितिलाई दोलखा उद्योग वाणिज्य संघको सचिवालयमा सपथ ग्रहण कार्यक्रमको आयोजना गरि  सपथ ग्रहण गराउने कार्यक्रम सम्पन्न भएको छ ।

मिति २०७६ बैशाख २९ गते सार्वजनीक गरिएको मत परिणाम बमोजिम निर्वाचित हुनभएका अध्यक्ष श्री ईन्द्र बहादुर श्रेष्ठ लगाएत कार्य समिति सदस्यमा निर्वाचित श्री दिनेश वस्नेत, दिनेश थापा, सनत थापा, अनिता श्रेष्ठ, बलराम थापा, श्याम कृष्ण कायस्थ, गणेश विक्रम शाही ठकुरी, देव कृष्ण थापा, हेमराज रिमाल , शुरेश उप्रेती, विमल श्रेष्ठ, हिमाल न्यौपाने, दिनेश पाठक, नवराज रिजाल र एशोसियट सदस्य श्री कृष्ण बहादुर श्रेष्ठ लाई निर्वाचन उप–समितिका संयोजक श्री सरोज उप्रेती ज्यूले सपथ ग्रहण गराउनु भएको छ ।

सपथ ग्रहण कार्यक्रममा संघका नव निर्वाचित अध्यक्ष श्री ईन्द्र बहादुर श्रेष्ठले वर्तमान कार्य समिति विशुद्ध व्यवसायीहरुको टिम भएकाले आफ्नो नेतृत्वमा रहेको वर्तमान कार्यसमिति पहिलो प्राथमिकता व्यवसायीहरुको समस्या पहिचान गरि समाधान गर्नु नै रहेको धारणा व्यक्त गर्दै संघको क्षतिग्रस्त भवन ६ महिना भित्र मर्मत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कार्यक्रममा आ-आफ्नो धारण व्यक्त गर्दै संघका पूर्व अध्यक्ष श्री रामेश्वर मानन्धर ज्युले भवन मर्मतका लागी रु २५००१ र सदस्यहरुको हितमा अक्ष्यकोष व्यवस्थापनका लागी रु २५००१। गरी जम्मा ५०००२।- आर्थिक सहयोग प्रदान गर्नुभएको छ । त्यसैगरी संघका पूर्व महा-सचिव श्री पृथ्वी बहादुर श्रेष्ठ ज्यूले पनि कार्यक्रममा वोल्दै संघको भवन मर्मतका लागी ५१ हजार र अक्ष्यकोष व्यवस्थापनका लागी ५१ हजार सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा निर्वाचित कार्य समिति लगाएत संघका पूर्व अध्यक्ष श्री रामेश्वर मानन्धर, पूर्व महा-सचिव पृथ्वी बहादुर श्रेष्ठ, पूर्व कोषाध्यक्ष श्री निला कुमार श्रेष्ठ, लगाएत पूर्व कार्य समिति सदस्य विवेक कुमार खत्री, कल्याणी श्रेष्ठ लगाएत स्थानिय पत्रकार श्रृजन घिमिरे, गोकर्ण भण्डारी, कैलाश बम्जन, चिरञ्जीवी मास्के समेतको उपस्थिती रहेको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by