May 21, 2019
Mid Term Evaluation of Planning Workshop सम्पन्न

२०७६ जेष्ठ ७ गते,

ललितपुर उद्योग वाणिज्य संघको Mid Term Evaluation of Planning Workshop सम्बन्धी एकदिने गोष्ठी होटल भ्यू भृकुटी गोदावरीमा सम्पन्न भयो । उक्त गोष्ठीमा लउवा संघका अध्यक्ष, पदाधिकारी, का.स.सदस्यहरु र कर्मचारीहरुको सहभागीता रहेको थियो ।

वि.सं. २०२३ चैत्र ४ गते स्थापना भएको यस संघले संघको भिजन, मिशनका साथ स्थानीय व्यवसायीहरुको हकहित संरक्षण र प्रवर्द्धनका लागि विभिन्न कार्यहरु गर्दै आएको छ ।

संघका अध्यक्ष श्री कृष्णलाल महर्जनले गोष्ठीको उद्देश्य, महत्वलाई जानकारी गराउंदै सहभागीहरुलाई स्वागत गर्नुभएको थियो । उहांले वर्तमान कार्यसमितिको बांकी कार्यकालको लागि यस समयमा पहिलेका गर्न बांकी योजनाहरु र नयां थप योजनाहरु बनाई गर्ने कार्यहरुको सैद्धान्तिक र रणनीतिक खाका तयार पारौं भन्नुभयो ।

यस संघका १७ वटै कार्यगत समितिका संयोजकहरुले आ ( आफ्नो समितिको तर्फबाट सम्पन्न गर्ने कार्यक्रमहरु प्रस्तुत गर्नुभयो ।

एकदिने Mid Term Evaluation of Planning Workshop अत्यन्तै सफलतापूर्वक सम्पन्न भएको र यस गोष्ठीबाट ललितपुर उद्योग वाणिज्य संघका सम्पूर्ण पदाधिकारी, कार्यसमितिका सदस्यहरु, कर्मचारीहरुमा नयां ऊर्जा थपिएको र बांकी कार्यकालको लागि तयार भएको कार्ययोजनाको सफल कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिंदै संघका अध्यक्ष श्री कृष्णलाल महर्जन, वरिष्ठ उपाध्यक्ष श्री भरत लाल जोशी र प्रमुख श्रोत व्यक्ति एवं सहजकर्ता श्री राजेन्द्र बहादुर श्रेष्ठले सम्पूर्ण सहभागीहरुलाई धन्यवाद सहित गोष्ठीको समापन गर्नुभएको थियो ।  

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by