Jun 11, 2019
उवासंघ–चितवनको आयोजनामा खाद्य स्वच्छता तथा जिएचपी तालिम सम्पन्न

जेष्ठ २८, चितवन । 

उद्योग वाणिज्य संघ–चितवनको तालिम कक्षमा खाद्य स्वच्छता सम्बन्धि तिन दिने तालिम सम्पन्न भएको छ । व्यवसायी एवं स्ट्रिट फुड हेण्डलरलाई खाद्य स्वच्छता सम्बन्धि अभिमुखिकरण गराउनुका साथै सिप र जनचेतना प्रदान गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरिएको हो । 

उद्योग वाणिज्य संघ–चितवन,  खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा र खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनको संयुक्त आयोजनामा उक्त तालिमको आयोजना गरिएको हो । तिन दिने तालिमको समापन समारोहमा प्रशिक्षार्थिहरुलाई प्रमाणपत्र वितरण गर्दै उद्योग वाणिज्य संघ–चितवनका कार्यसमिति सदस्य एवं अनुगमन समितिका संयोजक तथा कार्यक्रमका विशिष्ट अतिथि ईश्वरी प्रसाद खरालले आफुले सिकेको सिप र ज्ञानलाई दैनिक व्यवसायी जिवनमा प्रयोग गर्न सहभागिलाई अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै खरालले मानव जिवनमा खाद्य अपरिहार्य भएको तर यसको सरसफाई, स्वच्छता र व्यवस्थापनमा ध्यान दिन सकिएन भने मानव जिवनमानै अनपेक्षित घटना घट्न सक्ने औंल्याउंदै खाद्य वस्तु संग सम्बन्धित व्यवसायी यस तर्फ संबेदनशिल  हुनुपर्ने बताउनु भयो । 

सोहि कार्यक्रममा बोल्दै पांच टोल विकास संस्थाका संयोजक एवं कार्यक्रमका प्रमुख अतिथि शुक्रकुमार श्रेष्ठले यस किसिमको तालिमको आयोजना गरेकोमा आयोजकहरुलाई धन्यवाद दिंदै सिकेको ज्ञानलाई प्रयोग गर्न अनुरोध गर्नुभयो । 

कार्यक्रममा बोल्दै खाद्य तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको प्रमुख सोमकान्त रिजालले आवश्यक परेको खण्डमा आगामी दिनहरुमा पनि यस किसिमका कार्यक्रमहरु आयोजा गरिने बताउनु भयो । 

नारायणी नदी किनार र सडका आसपासमा खाजा, नास्ता तथा खाद्यान्न संग सम्बन्धित व्यवसायीहरुलाई लक्षित गरि आयोजना गरिएको ऊक्त कार्यत्रममा ५५ जना व्यवसायीहरुको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत निलबहादुर के.सीले जाननकारी दिनु भयो । 

तिन दिन सम्म सञ्चालित ऊक्त कार्यत्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख विक्कि रावत, खाद्य निरिक्षक प्रदिप काफ्ले, खगेन्द्र खतिवडा, सरोज शर्माले सहजिकरण गर्नु भएको थियो । खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख सोमकान्त रिजालको अध्यक्षतामा सम्पन्न ऊक्त कार्यत्रम आकास काफ्लेको सञ्चालनमा सम्पन्न भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by