Jun 18, 2019
उवासंघ - चितवनका कर्मचारीको अध्ययन अवलोकन भ्रमण

३ असार , चितवन । 

उद्योग वाणिज संघ - चितवनमा कार्यरत कर्मचारीहरुले एक दिने अध्ययन अवलोकन भ्रमण एवं पुनरमिलन कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ - चितवनको सचिवालय र संघको व्यवस्थापनमा सञ्चालित चेम्वर गेष्टहाउसमा कार्यरत कर्मचारीहरु बिच ऊक्त कार्यक्रमको आयोजना गरिएको हो । 

उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गौरव खतिवडाको नेतृत्वमा गएको उक्त टोलीले संघको कार्यक्षेत्र अर्न्तगत रहेको माडिमा रहेका व्यवसायीहरु संग भेटघाट एवं छलफल कार्यक्रम समेत आयोजना गरेको संघका कार्यत्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनुभयो । 

संघका वस्तुगत संघ अर्न्तगतको माडि उद्योग वाणिज्य संघको कार्यालयमा उक्त घेटघाट तथा छलफल कार्यक्रमको आयोजना गरिएको थियो । 

माडि उद्योग वाणिज्य संघका अध्यक्ष एवं उवासंघ - चितवनका कार्यसमिति सदस्य रेशमलाल आचार्यले संघका कर्मचारीलाई संघमा स्वागत गर्दै यस किसिमको कार्यक्रमले कर्मचारीको बृती विकास र आपसी समझदारीमा विकास हुने भन्दै अन्ततः संघलाई फाईदा हुने धारणा राख्नुभएको थियो ।

सोहि दिन उक्त भ्रमण टोलीले नेपाल भारतको सिमानामा रहेका व्यवसायीहरु संग समेत भेटघाट गरि व्यवसायीक समस्या संकलन गरेको थियो । कार्यक्रममा संघका कार्यकारी निर्देशक गौरव खतिवडा, लेखा अधिकृत डम्मरराज गौतम, चेम्वर गेष्टहाउसका प्रमुख हरि प्रसाद सुवेदी लगायत २३ जना कर्मचारीको सहभागिता रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by