Jul 02, 2019
उवासंघ-चितवनको कर सम्बन्धि तालिम शुरु
१७ असार , चितवन ।

उद्योग वाणिज्य संघ-चितवनको तालिम कक्षमा ५ दिने कर सम्बन्धि तालिम शुरु भएको छ । उद्योग वाणिज्य संघ-चितवन र औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको संयुक्त आयोजनामा आज उद्योग वाणिज्य संघ-चितवनको सभाहलमा मंगलवार देखी मुल्य अभिबृद्धी कर सहितको दोहोरो लेखा तालिम शुरु भएको हो ।  बिभिन्न व्यवसायमा संलग्न व्यवसायीहरुलाई बर्तमान कर प्रशासनद्धारा लागु गरिएका करका दर,लेखा प्रक्रिया, मुल्य अभिबृद्धी करका वारेमा जानकारी गराउने उद्देश्यले ऊक्त तालिमको आयोजना गरिएको हो । कार्यत्रमको उद्घाटन गर्दै उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष सहनलाल प्रधानले व्यवसायीहरुले आफ्नो व्यवसाय सञ्चालन गर्दा मात्र कारोवारमा  र मुनाफामा ध्यान नदिई व्यवसायीको सरकार प्रतिको उत्तरदायित्व समेत वहन गर्नूपर्ने बताउंदै व्यवसायलाई प्रबर्द्धन गर्नका लागि आफ्नो व्यवसायको लेखा चुस्त र दुरुस्त राख्नुपर्ने औंल्याउनु भयो । कार्यक्रममा अध्यक्ष प्रधानले आफ्नो व्यवसायको हिसाव किताव ऐना जस्तो हुनुपर्ने बताउंदै ५ दिन सम्म सञ्चालन हुने तालिमले यसका वारेमा सहयोग पुर्‍याउने आशा  व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै औद्योगिक व्यवसाय विकास प्रतिष्ठान भरतपुरका कार्यालय प्रमुख रामचन्द्र सुवेदीले ५ दिन सम्मको तालिम अवधिमा दैनिक कारोवारको लेखा राख्ने देखी दोहोरो लेखा प्रणाली र मूल्य अभिबृद्धी कर सम्मको वारेमा प्रशिक्षण दिईने बताउनु भयो । सोहि कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ-चितवनका तृतिय उपाध्यक्ष एवं वस्तुगत संघ समन्वय समितिका संयोजक भोजराज कौडालले बिभिन्न वस्तुगत संघ संग आवद्ध व्यसायीहरुलाई लक्षित गरि तालिमको आयोजना गरिएको बताउंदै सहभागिहरुले तालिमको अन्त्य सम्म सहभागिहरुलाई सक्रिय रुपमा सहभागिता जनाउनका लागि अनुरोध गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ-चितवनका कार्यसमिति सदस्य एवं उद्योग प्रबर्द्धन समितिका संयोजक सोमप्रसाद काप्रीले व्यवसायीले आफुलाई समयानुकुल परिबर्तन गर्दै लैजानु पर्ने आवश्यकता रहेको औंल्याउदै राज्यले अंगिकार गरेको कर तथा राजश्व नितिका वारेमा समेत जानकार हुनुपर्ने बताउंदै तालिमले यस्ता विषयहरुलाई सम्बोधन गर्ने आशा ब्यक्त गर्नुभयो । उद्योग वाणिज्य संघ-चितवन संग आवद्ध वस्तुगत संघका सदस्यहरुलाई लक्षित गरि आयोजना गरिएको उक्त तालिममा ३२ जना व्यवायीहरुको सहभागिता रहेको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनुभयो । असार २१ गते सम्म दैनिक ५ घण्टाका दरले ५ दिनसम्म संचालन हुने ऊक्त कार्यत्रममा औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका प्रमुख रामचन्द्र सुवेदी , प्रशिक्षक दुर्गा बरालले सहजीकरण गर्नुहुनेछ । उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष सहनलाल प्रधानको सभापतित्वमा सम्पन्न ऊक्त कार्यत्रम संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by