Jul 23, 2019
फेन्सी व्यवसायीलाई व्यवसायीक लेखा तालिम 

०६  श्रावण २०७६, चितवन ।

उद्योग वाणिज्य संघ–चितवनको आयोजना तथा फेन्सी व्यवसायी संघ–चितवनको सह–आयोजनामा १ दिने  व्यवसायिक लेखा सम्बन्धी तालिम सम्पन्न भएको छ । 

फेन्सी व्यवसायमा संलग्न व्यवसायीहरुलाई बर्तमान कर प्रशासनद्वारा लागु गरिएका करका दर, आधारभुत लेखा प्रक्रिया, मुल्य अभिबृद्धि करका वारेमा जानकारी गराउने उद्देश्यले ऊक्त तालिमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै  उद्योग वाणिज्य संघ–चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठले व्यवसायीहरुले व्यवसाय गर्दा लेखाका कम्तिमा पनि आधारभुत सिद्धान्तहरुलाई अबलम्बन गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा उहाँले लेखा पद्धति व्यवसायको प्राण भएकोले यसलाई स्वस्थ, चुस्त र दुरुस्त राख्नुपर्ने औंल्याउनु भयो ।  सहभागिलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफ्नो व्यवसायको यथास्थिति जानकारी नभईकन ब्यवसायिक भविष्य निर्धारण गर्न नसकिने बताउँदै यसका लागि लेखा पद्धतिले सहयोग गर्ने बताउनु भयो । 

सोहि कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका तृतिय उपाध्यक्ष एवं वस्तुगत संघ समन्वय समितिका संयोजक भोजराज कौडालले लेखा राख्ने पद्धति व्यवसायीक, पारदर्शि र बैज्ञानिक नभएमा व्यवसायीलाई जटिल परिस्थिति तर्फ धकेल्ने बताउनु भयो । ऊहाँले संघसंग आवद्ध सवै वस्तुगत संघका सदस्यहरुलाई क्रमैसंग यस किसिमका तालिम आयोजना गर्ने कार्यक्रम रहेको बताउंदै सक्रिय सहभागिताका लागि अनुरोध गर्नुभयो । 

सोहि कार्यक्रममा बोल्दै फेन्सी व्यवसायी संघका निबर्तमान अध्यक्ष बालकृष्ण कंडेलले व्यवसायीले आफ्नो कारोवारको हिसाव किताव आफै राख्नुपर्ने र अरुसंग भर पर्ने स्थिति सिर्जना नगर्न अनुरोध गर्नुभयो । कार्यक्रममा फेन्सी साकोसका अध्यक्ष प्रकाश गैरे, फेन्सी व्यवसायी संघका कार्यवाहक अध्यक्ष शंकर घिमिरे, लेखा तालिम संयोजक सन्तोष पाण्डे लगायतले बोल्नु भएको थियो । एक दिवसिय उक्त तालिममा प्रशिक्षक प्रदिप कपालीले सहजीकरण गर्नुभएको थियो । 

उद्योग वाणिज्य संघ–चितवनको कार्यक्रम अनुसार फेन्सी व्यवसायमा संलग्न करिव ३ सय व्यवसायीहरुलाई आलोपालो गरि निरन्तर एक हफ्ता सम्म दैनिक ४० जना व्यवसायीलाई तालिम प्रदान गर्न लागिएको उद्योग वाणिज्य संघ–चितवनका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनुभयो ।  ५१ जना फेन्सी व्यवसायीको सहभागिता रहेको उक्त तालिम कार्यक्रमको औपचारिक समारोह संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठको सभापतित्व एवं संघका कार्यक्रम अधिकृत निलबहादुर केसीको संञ्चालनमा सम्पन्न भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by