Aug 02, 2019
कर सम्बन्धी अन्तरक्रिया कार्यत्रम सम्पन्न

१७ साउन, भरतपुर 

उद्योग वाणिज्य संघ-चितवनको सझाहलमा आज एक दिवसिय कर सम्बन्धी अन्तरक्रिया कार्यत्रम सम्पन्न भएको छ । नेपाल सरकारबाट हालै जारी गरेको आर्थिक नीति तथा वार्षिक बजेट  मार्फत आएका कर, आयकर, राजश्व अन्तशुल्क एवं मुल्य अभिबृद्धी करमा आएका परिबर्तन तथा प्राबधानहरुका बिषयमा उद्यमी व्यवसायीहरुलाई जानकारी गराउने उद्देश्यले ऊक्त कार्यत्रमको आयोजना गरिएको हो । उद्योग वाणिज्य संघ-चितवनको आयोजना तथा आन्तरिक राजश्व कार्यालय चितवन र अडिटर्स एसोसिएशन अफ नेपाल, चितवन शाखाको समन्वयमा आयोजना गरिएको ऊक्त कार्यत्रममा सहभागि उद्यमी व्यवसायीहरुले कर तथा अन्तशुल्क वारेमा जानकारी लिएका थिए ।  

कार्यक्रममा उपस्थित सहभागिहरुलाई सम्बोधन गर्दै उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष सहनलाल प्रधानले व्यवसायीहरु राज्यले तय गरेको कर तिर्ने सम्बन्धमा कहिल्यै विरोधी नभएको तर कर तिर्ने प्रक्रिया र यसको पारदर्शिता लगायत कर व्यवसायमैत्री हुनुपर्नेमा आवाज उठाउंदै आएको बताउनु  भयो । कार्यक्रममा अध्यक्ष प्रधानले राज्यले अंगिकार गरेको सुखी नेपाली संमृद्ध नेपालको  नारालाई साकार पार्न निजी क्षेत्रको अतुलनिय योगदान रहने बताउंदै सरकारले कर तथा राजश्व नीति तय गर्दा निजी क्षेत्रको प्रत्यक्ष सहभागितामा गर्नुपर्ने बताउनु भयो । उहांले सहभागिलाई सम्बोधन गर्दै कर सम्बन्धि थप कार्यक्रमहरु आवस्यक भएमा संघले सञ्चालन गर्ने बताउनु भयो । 

सोहि कार्यक्रममा बोल्दै उवासंघ-चितवनका पूर्वअध्यक्ष एवं नेउवामहासंघका कार्यकारीणी समिति सदस्य कल्याण जोशीले कर तथा राजश्व निति ल्याउंदा देशको समकालिन परिस्थिति,भौगोलिक स्थिति, पूर्वाधारको व्यवस्था र औद्योगिक अवस्थालाई मध्येनजर राख्नुपर्ने बताउंदै राज्य कर संकलनमा भन्दापनि उत्पादनमुलक क्रियाकलापमा केन्द्रित हुनुपर्ने बताउनु भयो । कार्यक्रममा अडिटर्स एशोसियसन अफ नेपालका सल्लाहकार, सुर्य अधिकारी, केन्द्रिय उपाध्यक्ष रामजी प्रसाद सुवेदी, उवासंघ-चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत शुवप्रसाद रिजाल लगायतले कर सम्बन्धि आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।

उद्योग वाणिज्य संघ-चितवनका कार्यसमिति सदस्य, वस्तुगत संघका प्रतिनिधि, अडिटर्स एसोसियसनका सदस्य, उद्यमी व्यवसायी गरि १२० जनाको सहभागिता रहेको ऊक्त कार्यत्रममा आन्तरिक राजश्व कार्यालयका कर अधिकृत क्रय धनिश्वर अर्याल, त्रिवित्रम तिमिल्सिना,गोपीकृष्ण पाण्डेले सहजीकरण गर्नु भएको उवासंघ-चितवनका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनुभयो । उद्योग वाणिज्य संघ-चितवनका  अध्यक्ष सहनलाल प्रधानको अध्यक्षता, अडान नेपालका केन्द्रिय उपाध्यक्ष रामजीप्रसाद अधिकारीको स्वागत मन्तब्य, उवासंघ-चितवनका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठको धन्यवाद ज्ञापन सहित सम्पन्न झएको अन्तरक्रिया कार्यत्रम संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by