Aug 12, 2019

लेखनाथ २६, श्रावण

विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणको क्रममा लेखनाथ आईपुगेको कैलाली उद्योग वाणिज्य संघको भ्रमण टोलीको सम्मानमा लेखनाथ उद्योग वाणिज्य संघले आईतवार स्वागत एवं छलफल कार्यक्रमको आयोजना गर्यो ।

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा आयोजित स्वागत कार्यक्रममा भ्रमण टोली नेता तथा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुंवरले भ्रमणको मुख्य उद्देश्य पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा समृद्ध सुदुरपश्चिमका लागिः आर्थिक समृद्धि, पहिला देश अनि विदेश भन्ने नारा सहित सुदुरपश्चिम पर्यटन प्रवर्द्धनको प्रचारप्रसार, उद्योग वाणिज्य संघहरु विचको भाईचारा विकास रहेको बताउनुभएको थियो ।    

लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, पूर्व अध्यक्ष चतुराखर अधिकारी लगायतकाले संघका गतिविधिहरु संघका आय आर्जन, भावि कार्यक्रम, संघद्धारा संचालन गरिएका कार्यक्रम लगायतमा संघले खेलेको भूमिकाको वारेमा चर्चा गर्नुभएको थियो ।

संघको एक आपसको कार्यशैली र अनुभवको आदान प्रदान, संस्थागत विकास, सचिवालय व्यवस्थापन, VCTS, मेला महोत्सव लगायत विभिन्न कार्यक्रम, उद्योग वाणिज्य संघहरुको स्थायी आय श्रोत जस्ता विषयमा छलफल केन्द्रित रहेको थियो ।

लेखनाथ उद्योग वाणिज्य संघका महासचिव भरतकुमार अधिकारीले संचालन गर्नु भएको सो कार्यक्रम लेखनाथ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्षले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by