Aug 28, 2019
उवासंघ-चितवनको शुभकामना आदान प्रदान कार्यक्रम

११ भाद्र, चितवन । 

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा उद्योग वाणिज्य संघ-चितवनले आज संघको सभाहलमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । उद्योग वाणिज्य संघ-चितवन अर्न्तगतको महिला उद्यमी विकास समितिको संयोजनमा उक्त शुभकामना आदान फ्रदान कार्यक्रमको आयोजना गरिएको हो । 

कार्यत्रममा उपस्थित महिला उद्यमीहरुलाई शुभकामना ब्यक्त गर्दै उद्योग वाणिज्य संघ-चितवनका अध्यक्ष सहनलाल प्रधानले महिलाहरुको पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलाहरुको सुख, शान्ति, समृद्धी एवं उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्नुभयो । शुभकामना व्यक्त गर्दै अध्यक्ष प्रधानले चाडपर्वहरु हर्षोल्लासका साथ मनाउंदै एक आपसमा सुख दुख साटासाट गर्दै आत्मियता र सामिप्यता बृद्धि गर्दै अन्ततः दैनिक जिवनलाई सुखमय बनाउनु पर्ने बताउंदै आफ्नो स्वास्थ्य, सामजिक रितिरिवाज, मुल्य,मान्यतालाई मध्यनजर राखी चाडपर्व मनाउन अनुरोध गर्नुभयो । कार्यक्रममा अध्यक्ष प्रधानले महिलाहरु दैनिक व्यस्त जीवन बाट केहि समय छुट्टायर आफ्ना साथी भाई, ईष्टमित्र लगायत आफन्तजनहरु संग समय व्यतित गरि जिवनलाई अझ उर्जाशिल प्रदान गर्नका लागि यस किसिमका चाडपर्वहरुको चलन आएको बताउनु भयो ।

सोहि कार्यक्रममा शुभकामना ब्यक्त गर्दै उवासंघ-चितवनका उपाध्यक्ष श्री भोजराज कौडालले चाडपर्वको नाममा भड्किलो जीवनसैली अबलम्बन गर्न नहुने बताउंदै चाडपर्वलाई अवसरको रुपमा ग्रहण गर्दै संस्कृतिको जर्गेना गर्नुपर्ने बताउनु भयो । 

महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केले महिला दीदीवहिनीहरुका लागि संघले सदैव सिर्जनशिल कार्यक्रमको आयोजना गर्दै आएकोमा यसपाली आत्मियता बृद्धी गर्दै एक आर्कामा शुभकामना आदान प्रदान गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउंदै शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघ-चितवनमा कार्यरत ५ जना महिला कर्मचारीहरुका लागि एक एक थान पोशाक वितरण गरिएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले बताउनु भयो । 

कार्यक्रममा महिला उद्यमी श्यामकली पियाले कविता वाचन सहित शुभकामना ब्यक्त गर्नुभएको थियो ।  

शुभकामना आदान प्रदान कार्यक्रममा संघका उपाध्यक्ष द्धय चिरञ्जिवि सुवेदी,भोजराज कौडाल, महिला उद्यमी रजनी मास्के, योगिता पिया, लक्ष्मी रिमाल, कासस रोहितकुमार श्रेष्ठ, सचिवालयका कर्मचारी लगायत महिला उद्यमीहरुको उपस्थिति रहको थियो । 

संघका अध्यक्ष सहनलाल प्रधानको सभापतित्वमा सम्पन्न ऊक्त कार्यत्रम संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो भने महिला उद्यमी विकास समितिका संयोजक रजनी मास्केले धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रम फश्चात दर खाने कार्यक्रमका साथै विविध मनोरञ्जनात्मक कार्यत्रमको समेत आयोजना गरिएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by