Sep 12, 2019

२०७६ भाद्र २५ गते बुधवार

लेखनाथ उद्याेग वाणिज्य संघद्वारा कास्कीमा हालै सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारी रमेश कुमार के.सी.को स्वागतका लागि राखिएको स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्नुहुदैं प्रमुख अतिथि के.सी.ले व्यवसायीहरु देशको अर्थतन्त्रका चालक तथा समृद्ध समाज निर्माणको वाहक रहेको बताउनुहुदैं संबृद्ध नेपाल निर्माणमा सवै पक्षको अहम भुमिका रहने बताउनुभएको थियो ।

संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा आयोजना गरिएको ऊक्त कार्यत्रममा पोखरा महानगरपालिकाका वडाध्यक्षहरु वडा नं २६ का नारायण बराल, २७ का पूर्णकुमार गुरुङ, २९ का अध्यक्ष चेतवहादुर गुरुङ, ३० का श्रीराम पोख्रेल, ३२ का अक्कल वहादुर कार्की र ३३ का शिवप्रसाद आचार्यले लेखनाथ क्षेत्रको विकास र शान्ति सुरक्षा लगायतका विषयमा प्रशासनबाट विशेष ध्यान दिनआग्रह गर्नुभएको थियो । 

लेखनाथ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णहरि भण्डारी, पुर्व अध्यक्षहरु, सुमन भट्टराई, बावुराम गिरी, लक्ष्मीप्रसाद त्रिपाठी लगायत यस क्षेत्रका विभिन्न सामाजिक संघ संस्थाका अध्यक्ष एवं प्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी, कार्यसमिति सदस्यहरु, उपसमिति सभापति लगायतको उपस्थिति रहेको ऊक्त कार्यत्रममा संघका बरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको संचालन संघका महासचिव गोपिचन्द्र बास्तोलाले गर्नुभएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by