Oct 23, 2019
लेखनाथ महोत्सव २०७६ को तयारी तिव्र

लेखनाथ, कार्तिक ६ गते

लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा यही पुष ३ गते देखि १५ गते सम्म लेखनाथको डाडाकोनाक, तालचोकमा आयोजना गर्न लागेको १६ औ लेखनाथ महोत्सव २०७६ को मुख्य प्रायोजक नेपालको निजी क्षेत्रको पहिलो सिमेन्ट उद्योग - एड्भान्स ग्रुपको अरनिको आबु खैरेनी सिमेन्ट ईण्डष्ट्रिज प्रा.लि. रहने सम्झौता भएको छ । 

लेखनाथ उद्योग वाणिज्य संघका द्धितीय उपाध्यक्ष एवं प्रायोजक व्यवस्थापन संयोजक राजेन्द्र ओझा र एड्भान्स ग्रुपका अध्यक्ष अरुण कर्ण दुवैले महोत्सवको मुख्य प्रायोजक एड्भान्स ग्रुपको अरनिको आबु खैरेनी सिमेन्ट ई.प्रा.लि. रहने गरि एक सम्झौता पत्रमा हस्ताक्षर कार्य सम्पन्न भएको छ । 

'महोत्सव लेखनाथको सँस्कृति, स्थानिय उत्पादन, विकास र संमृद्धि' भन्ने मुल नाराका साथ संचालन हुन लागेको १६ औं लेखनाथ महोत्सवको तयारी तिब्र गतिमा भईरहेको र महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्नका लागि विभिन्न कार्यहरु धमाधम भईरहेको कुरा लेखनाथ उद्योग वाणिज्य संघका उपमहासचिव एवं प्रचारप्रसार संयोजक उपेन्द्रराज सुवेदी (राजु) ले जानकारी दिनुभएको छ ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by