Nov 09, 2019

लेखनाथ २३, कार्तिक

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा र मनिपाल शिक्षण हस्पिटल तथा ओम हस्पिटलको प्राविधिक सहयोगमा संचालित स्वास्थ्य सिविरमा ८१ जनाले स्वास्थ्य लाभ लिएका छन् । एक दिने निशुल्क स्वास्थ्य सिविरमा छाती तथा फोक्सो रोगका विरामीहरुको परिक्षण गरिएको हो । सिविरमा छाती रोग विशेषज्ञ डा. सि.पि. आचार्य सहितको टोलिले रोगको परिक्षण सहित रोग निवारणका उपायहरुका बारेमा जानकारी गराएका थिए । सिविरमा कऊष्चयभतचथ  मेशिनद्धारा छातीको जाँच गरि निशुल्क औषधी वितरणका लागि सिप्ला प्रा.लि र ग्लेनमार्क फर्मा स्युटिकल्स लि.बाट सहयोग भएको थियो । 

धेरै विरामीहरुले छाती रोग सम्वन्धी जानकारी नभएकाले ढोलो मात्र उपचारका लागि आउने हुँदा सवैलाई समयमा नै छाती सम्वन्धी जाँच गराउनका लागि डा. आचार्यले अनुरोध गर्नुभएको थियो ।

एक दिने निशुल्क सिविरको समापन गर्नुहुदैं लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले पहिलो प्राथमिकता आफ्नो स्वास्थ्य नै हुनेहुदाँ सवै उद्योगी व्यवसायी सदस्यहरुका लागि यस निशुल्क स्वास्थ्य सिविरको आयोजना गरिएको बताउनुभएको थियो । त्यसै गरि पूर्व अध्यक्ष सुमन भट्टराईले यस स्वास्थ्य सिविर अति लाभदायी भएको बताउनुहुदैं सवैलाई धन्यबाद राख्नुभएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by