Nov 10, 2019
उवासंघ-चितवनको जनचेतनामूलक कार्यक्रम एवं निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम

२४ कार्तिक, भरतपुर ।

उद्योग वाणिज्य संघ-चितवनले मधुमेह रोगका वारेमा एक जनचेतनामुलक कार्यक्रम एवं निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको अयोजना गरको छ । यहि नोभेम्वर १४ गतेका दिन पर्ने विश्व मधुमेह दिवस २०१९ को अवसरमा ऊक्त कार्यत्रमको आयोजना गरिएको हो । उद्योग वाणिज्य संघ-चितवनको आयोजना तथा नारायणगढ स्थित समर्पण पोलिक्लिनिकको प्राबिधिक सहयोगमा ऊक्त कार्यत्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा उपस्थित सहभागिहरुलाई सम्बोधन गर्दै संघका अध्यक्ष सहनलाल प्रधानले  उद्यमी व्यवसायीहरुले व्यस्तताका कारण आफ्नो स्वास्थ्यमा आवस्यक ध्यान पुर्‍याउन नसकेको अवस्थामा संघको सामाजिक उत्तरदायित्व अर्न्तगत विश्व मधुमेह दिवसको अवसर पारी ऊक्त कार्यत्रमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा अध्यक्ष प्रधानले स्वस्थ जिवनका लागि ब्वयसायीहरु आफ्नो स्वास्थ्यका वारेमा संवेदनशिल हुनुपर्ने बताउंदै कार्यक्रमले मधुमेह रोगका वारेमा आवश्यक जानकारी दिनमा सहयोग पुग्ने बताउनु भयो । साथै उहांले आगामी दिनहरुमा पनि संघले यस किसिमका अन्य कार्यक्रमहरु आयोजना गराउने बताउनु भयो । कार्यक्रममा विशेषज्ञ डाक्टर द्धय अमित शाक्य र जस्मिन तुलाधरले स्वास्थ्य परिक्षण गर्नुका साथै कार्यपत्र पेस गर्नु भएको थियो । कार्यक्रममा बिभिन्न क्षेत्रका ९० जना व्यवसायीहरुले निशुल्क स्वास्थ्य परिक्षण गराउनुका साथै जनचेतनामूलक कार्यक्रममा सहभागिता जनाउनु भएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनु भयो । कार्यक्रममा उपस्थितलाई धन्यवाद ज्ञापन गर्दै सहयोगी संस्था समर्पण पोली क्लिनिक नारायणगढका प्रोपाईटर सन्जय गुप्ताले कार्यक्रम सफल भएको बताउंदै आगामी दिनहरुमा पनि उद्योग वाणिज्य संघ-चितवन संग मिलेर स्वास्थ्य क्षेक्रका अन्य बिबिध कार्यत्रम गर्न आफुलाई हौसला मिलेको बताउंदै संघ प्रति आभार ब्यक्त गर्नु भयो । संघको सभाहलमा आयोजित ऊक्त कार्यत्रममा संघका पदाधिकारी,नेउवामहासंघका कार्यकारिणी समिति सदस्य, उवासंघका कार्यसमिति सदस्य, विभिन्न वस्तुगत संघका अध्यक्ष लगायत व्यवसायीहरुको सहभागिता रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by