Dec 19, 2019
क्यान महासंघ र नेउवामहासंघ बीच भेटघाट

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल उद्द्योग बाणिज्य महासंघ बिच आज मिति २०७६ पौष ३ गते, उद्द्योग बाणिज्य महासंघको सभा हलमा भेटघाट भएको छ | भेटमा क्यान महासंघको तर्फ बाट अध्यक्ष श्री नवराज कुंवर लगायत पदाधिकारीहरुको उपस्थिति थियो भने उद्द्योग बाणिज्य महासंघको तर्फ बाट अध्यक्ष श्री भवानी राणा लगायत अन्य पदाधिकारी र केन्द्रिय सदस्यहरुको उपस्थिति रहेको थियो |

भेटमा क्यान महासंघको अध्यक्षले आगामी दिनमा क्यान महासंघ र उद्द्योग बाणिज्य महासंघ मिलेर सूचना प्रविधि संग सम्बन्धित बिभिन्न बिषयहरुमा अनुसन्धान गरी सोही अनुरूप कार्यहरु गर्नुपर्ने भन्नु भयो साथै नेपाली सफ्टवेयर र हार्डवेयरका ब्याबसायीहरुलाइ भएको न्यायोचित समस्याको बारेमा सम्बन्धित निकायहरुमा समेत दुई संस्था गइ मिलेर समाधान गर्नु पर्ने भन्नु भयो |

भेटमा उद्द्योग बाणिज्य महासंघको अध्यक्षले सूचना प्रविधि क्षेत्र निकै महत्वपूर्ण क्षेत्र रहेको र हाल सूचना प्रविधि बिना कुनै उद्द्योग सम्भव नभएको बताउनु भयो | तसर्थ ; क्यान महासंघ र उद्द्योग बाणिज्य महासंघ मिलेर अगाडी बढ़न तयार रहेको जानकारी दिनुभयो |

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by