Dec 22, 2019
चितवन महिला उद्यमी मेला शुरु - करिव ६ हजार दर्शकले मेलाको अवलोकन गर्ने 

उद्योग वाणिज्य संघ-चितवनको परिसरमा शनिवार देखी महिला उद्यमी मेला २०७६ शुरु भएको छ । उद्योग वाणिज्य संघ-चितवनको आयोजना र महिला उद्यमी विकास समिति चितवनको सक्रियतामा आयोजित मेलाको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक कार्यक्रमका बिच उद्घाटन गर्नु भयो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं महानगरपालिकाका प्रमुख रेनु दाहालले बर्तमान अवस्थामा गाउपालिका देखी राष्ट्र प्रमुख सम्म महिलाको सहभागिता भएको बर्तमान अवस्थामा महिलाले आफ्नो भूमिका सशक्त बनाउदै जानुपर्ने बताउनु भयो । प्रमुख अतिथि दाहालले अधिकार र सहभागिताको हिसावले महिला अग्र स्थानमा पुगेको र अधिकारका हिसावले पनि अधिकार सम्पन्न हुंदै गए पनि आर्थिक रुपमा सम्पन्न हुन नसकेकोले उद्यमशिलता तर्फ उन्मुख हुन अनुरोध गर्नुभयो । कार्यक्रममा प्रमुख दाहालले महानगरपालिकाले पनि मेयर संग महिला जस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउंदै महिलाहरुलाई प्राथमिकतामा राखेको जानकारी दिनु भयो । उहांले उद्योग वाणिज्य संघ-चितवन संग सहकार्य गर्दै आगामी दिनमा पनी अघि बढ्ने जानकारी दिनु भयो । 

मेलाको ऊद्घाटन कार्यक्रममा स्वागत मन्तब्य ब्यत्त गर्दै संघका अध्यक्ष एवं मेलाका मूल संयोजक सहनलाल प्रधानले उवासंघ-चितवनले महिला उद्यमशिलता विकासमा निरन्तर कार्यक्रम संचालन गर्दै आइरहेको बताउनु भयो । उहांले महिला उद्यमीहरुलाई उद्यमशिलता तर्फ उन्मुख गराउंदै लैजांदा महिलाहरुले उत्पादन गरेका उत्पादनहरुको आवश्यक बजार पहिचान गरि बिक्रिवितरण गर्न नसकेमा सफलता हासिल नहुने बताउंदै यस किसिमका कार्यक्रमले महिलालाई आर्थिक रुपमा सबल बनाउन मद्दत पुग्ने बताउनु भयो । 

कार्यक्रमको समुद्घाटन समारोहमा जिल्ला समन्वय समितिका उपप्रमुख मुना कुमारी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारीणी समिति सदस्य डा. तिलचन्द्र भट्टराई , नेउवामहासंघ प्रदेश नं. ३ का उपाध्यक्ष राजन गौतम, महिला उद्यमी द्धय रजनी मास्के र योगिता पियाले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । शनिवार देखी ७ गते सम्म सञ्चालन हुने उक्त मेलामा घरेलु, साना उद्योग, लघु उद्योग एवं हस्तकलाका ३५ वटा स्टलरहेकाछन् । महिला उद्यमशिलताको विकास, महिला सशक्तिकरण र आर्थिक निकास भन्ने मूल नाराका साथ उद्येँग वाणिज्य संघ-चितवन , महिला उद्यमी विकास समितिको आयोजनामा सञ्चालन गर्न लागिएको उक्त मेलालाई उद्योग , पर्यटन,वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ३ को सहकार्य, भरतपुर महानगरपालिका कार्यालय प्रबर्द्धकको रुपमा रहेको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनु भयो । मेलाको समुद्घाटन समारोह संघका अध्यक्ष सहनलाल प्रधानको अध्यक्षता, महिला उद्यमी लक्ष्मी रिमाल पौडेलको सञ्चाल र मेलाका सहसंयोजक रजनी मास्केको धन्यवाद ज्ञापन सहित सम्पन्न भएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by