Dec 24, 2019

लेखनाथ , ८ पुस ।

भनाई नै छ पुसको जाडो,त्यसमा पनि विहानीको चिसोसगै मध्यान तिर खुलेको मौशममा पारीलो घाम ताप्दै सुन्तला र वदमको स्वादमा महोत्सव पनि हेर्न पाईने आफना सहपाठी साथीभाइसगा भेटघाटको संगम स्थल बनेको छ जारी लेखनाथ महोत्सव ।

कास्कीको तालचोकमा जारी महोत्सव हेर्न आएका पोखरा ३१ बेगनासका टिकाराम पाण्डेले आफना सहपाठी पोखरा २९ का प्रमोद पौडेललाई भेटेर दु:ख सुख र बाल्यकालका कुराकानी गर्न पाउदा खुसी लागेको बताएका छन् ।

त्यसैगरि महोत्सवले १०/१२ बर्ष सम्म भेटघाट नभएका पोखरा ३३ भरतपोखरीका आनन्द आचार्यले पोखरा ५ पर्साङका वावुराम बरालसाग भेट हुदाा महोत्सवकै कारण आफना सहपाठी, ईष्ठमित्र र साथी दामलीहरुलाई भेट्न पाईने भए पछि महोत्सव स्थल भेटघाटको थलो भएको बताएका छन् ।

दिनमा दोहोरी र साझामा पप कन्र्सट लगाएतका कार्यक्रमहरु राखिएकाले महोत्सवमा दर्शकाको चााप दिनभरी नै उस्तै देखिन्थो । त्यही भिडको विचमा पोखरा २७ की सम्झना लामिछानेले पााच बर्ष पछि पोखराको नालाको मुख निवासी रिता गुरुङलाई भेटेर विगतका दु:ख सुखका कुरा सम्झिएर भला कुसली गर्न पाउदा खुसी लागेको बताएकी छन् ।

महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि भन्ने मुल नाराका साथ पुस ३ गते देखि सुरु भएको महोत्सवमा मनोरञ्जन देखि आफुलाई आवश्यक पर्ने घरयासी सामान तथा नयाा नयाा ज्ञान, सिप र प्रविधीको सिको गर्न पाईने भएकाले यो महोत्सव सवैका लागि महोत्सवको पनि महोत्सका रुपमा प्रमाणीत भएको हो ।

सुन्तला महोत्सवबाट परिस्कृत हुदै १६ औं संस्करणसम्म आई पुग्दा लेखनाथ महोत्सवले सवैका लागि महोत्सव र सधैका लागि महोत्सवको उपनाम पाएको उपस्थित दर्शकहरुको प्रतिक्रिया रहेको छ ।

महोत्सवको छैटौं दिनसम्म आईपुग्दा दिन प्रतिदिन दर्शकको चाापसगै आर्थिक कारोबारमा पनि बृद्धि हुदै गएकाले आयोजकहरुमा पनि थप हौसला थपेको पाईन्छ ।

जारी महोत्सवको मध्यभाग सम्म आईपुग्दा दर्शकको चााप सागसगै कारोवारमा पनि दिन प्रतिदिन बृद्धि हुदै आएको छ । महोत्सवको छैटौ दिन मंगलवार मात्र स्टलहरुको अनुगमबाट एक करोड २५ लाख बरावरको आर्थिक कारोवार भएको र अहिलेसम्म करिव सात करोड बरावरको आर्थिक कारोवार हुन सफल भएको कोषाध्यक्ष जानुका अधिकारीको दावी रहेको छ ।

पुसको १५ गते सम्म चल्ने महोत्सवमा एक पटक त जसरी पनि पुग्नु पर्छ भन्दै पोखरा, तनहा, स्याङजा लगाएत यस वरपरका गाउबाट पनि दर्शकहरु मेला भर्नका लागि आउने गरेको पाईएको छ ।यसैविच महोत्सवको छैटौं दिन मंगलवार मात्र करिव २० हजार दर्शक मेला स्थलमा प्रबेश गरेको र अहिलेसम्म दर्शकको सख्या एक लाख ४० हजार पुगेको संघका महासचिव गोपिचन्द्र बास्तोलाले दावी गरेका छन्  । 

बिहान १० बजे देखि साझ आठ बजेसम्म चल्ने महोत्सवमा उपस्थित दर्शकलाई थप मनोरञ्जन दिनका लागि सूरुमा विद्यालय स्तरी लोक नृत्य, महिला शक्तिको सम्मानमा राखिएको रत्यौली साथका ख्याती प्राप्त दोहोरी कलाकारको लोक दोहोरी, ह्स्य प्रहसन र साझमा युवा युवतीहरुलाई लक्ष्यीत गर्दै राखिने पप कन्र्सट तथा मोडल डान्सले महोत्सवलाई थप रोचक बनाएको आयोजक सस्था लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीको भनाई रहेको छ ।
 
यसैबिच महोत्सवमा बिभिन्न जाात जातीको सस्कृती झल्कने गरि देखाईने सास्कृती कार्यक्रम अन्तरगत मंगलवार कुमाल समाजले आफनो मौलीक सस्कृती झल्कने गरि नृत्य प्रस्तुत गरेका थिए भने बुधावर चर्चित बाल दोहोरी गायक कमला घिमिरेको प्रस्तुती रहने बताईएको छ । 
    
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by