Jan 09, 2020
उवासंघ–चितवन र सिएमयस विच सम्झौता 
२४ पुष , भरतपुर,

उद्योग वाणिज्य संघ–चितवन र कलेज अफ मेडिकल साईन्सेज (पुरानो मेडिकल कलेज) बिच स्वास्थ्य सेवामा छुट दिने  र लिने व्यवस्था सम्बन्धि आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उद्योग वाणिज्य संघ–चितवनको सचिवालयमा एक कार्यक्रमका बिच उक्त सम्झोता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता बमोजिम उद्योग वाणिज्य संघ–चितवनमा आवद्ध सदस्यहरुलाई चितवन मेडिकल कलेजमा स्वास्थ्य उपचार एवं परिक्षण गर्दा २० प्रतिशत छुट दिईने भएको  छ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सहनलाल प्रधानले संघको सदस्य प्रति आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै स्वास्थ्य शुल्कमा छुटका लागि पहल गरिएको बताउनु भयो । उहांले यस कार्यको लागि सहकार्य गर्ने कलेज अफ मेडिकल साईन्सेस प्रति आभार ब्यक्त गर्नुभयो ।  

सोहि कार्यक्रममा बोल्दै संघका स्वास्थ्य समितिका संयोजक शिरिष पन्तले उद्यमी व्यवसायीहरुको संघ प्रतिको आर्कषणमा बृद्धि गर्दै सघमा आवद्ध सदस्यलाई स्वास्थय सेवामा राहत दिने उद्देश्यले सम्झौता गरिएको बताउनु भयो । सोहि कार्यक्रममा बोल्दै संस्थाका उपनिर्देशक राजेश यादवले आगामी दिनहरुमा यो सहकार्यलाई अगाडी बढाउंदै छुट प्रतिशतमा बृद्धि गरिने बताउनु भयो । उद्योग वाणिज्य संघ–चितवन र कलेज बिच २ बर्ष पहिला पनि १५ प्रतिशत छुटको व्यवस्था सहित सम्झौता भएको र यस बर्ष ५ प्रतिशत बृद्धि गरि २० प्रतिशत सम्म पुर्‍याई सम्झोता नविकरण गरिएको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिनु भयो । संघमा आवद्ध सदस्यले उक्त सुविधा प्राप्त गर्नका लागि संघ द्धारा जारी गरिएको परिचय पत्र हुनुपर्ने स्वास्थ्य समितिका  संयोजक शिरिष पन्तले जानकारी दिनु भयो ।

सम्झौता पत्रमा उद्योग वाणिज्य संघ–चितवनको तर्फबाट अध्यक्ष सहनलाल प्रधान, स्वास्थ्य समितिका संयोजक शिरिष पन्त र सिएमयस का तर्फबाट सह निर्देशक डा. मनोहर प्रधान र उपनिर्देशक डा. राजेश यादवले हस्ताक्षर गर्नुभएको छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by