Jan 16, 2020
माघे संक्रान्ति मेला सम्पन्न

बेनी, २ माघ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकाससमितिले बेनीमा आयोजना गरेको आठौ माघे संक्रान्ति मेलामा सांस्कृतिक साथैकृषि मेला र घरेलु उद्योगका बस्तुको प्रर्दशनी गर्दै सम्पन्न भएको छ । २७जना सहभागि भएको छेलो फाल्ने प्रतियोगितामा जलजला गाउपालिका-४ खोलाखेतकानिशान बोहोरा बिजयी भएका छन् ।
 
मेलामा आयोजित नेपाल भ्रमण वर्ष २०७५ विषयक खुल्ला लोक गितप्रतियोगितामा बिजय नेपाली प्रथम, खिमा पुर्जा दितृय र क्षत्री महिला समाजतितृय भएका छन् । प्रथम, दितृय र तितृयलाई क्रमशः दश हजार, सात हजार र पाचहजार रुपैयाँ पुरस्कार उपलब्ध गराइएको छ । लोक नृत्य प्रतियोगितामा प्रथम, दितृय, तितृय र सान्तवना हुने आइसा केसी, रिया रोका, अनिषा विश्वकर्मा, सिन्दु पुन र अस्मीता थापालाई क्रमश पाच हजार, तीन हजार, दुई हजार र एकहजार रुपैयाँ पुरस्कार जितेका छन् । अन्धनिशानमा यामबहादुर नेपाली, कमलाघिमिरे, आयुष शर्मा र टिकाराम रिजाल बिजयी भएका छन् ।
 
पुरुषतर्फ लठो तान्ने प्रतियोगितामा प्रकाश सापकोटा नेतृत्वको बागलुङकोटिम र महिलातर्फ राजकुमारी मल्ल बेनीको समूह बिजयी भएका छन् । मेलाकोअवसरमा कृषि ज्ञान केन्द्रसंगको साझेदारीमा आयोजित कृषि मेला प्रर्दशनीमासात वटा बिधामा प्रथम, दितृय, तितृय र सान्तवना हुनेलाई दुई हजार, एक हजारपाँच सय, एक हजार र सात सय रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।
 
बिजेताहरुलाई बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवाल, म्याग्दी उद्योगवाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्य, महिला उद्यम विकास समितिका सभापतिसुनिता केसी लगायतले पुरस्कार वितरण गरेका थिए ।
      
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by