Feb 06, 2020
 
लेखनाथ २३, माघ
 
घरेलु तथा साना उद्योग कार्यालयको आयोजना तथा लेखनाथ उद्योग वाणिज्य संघको समन्वयमा आयोजना गरिएको १० दिने उद्यमशिलता विकास तालिम विहिवार सम्पन्न भयो ।

लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवं तालिम व्यवस्थापन उपसमिति संयोजक विक्रम कर्माचार्यको अध्यक्षतामा आयोजना गरिएको तालिम समापन कार्यक्रममा संघका कार्यवाहक अध्यक्ष छत्रधर आत्रेय र घरेलु तथा साना उद्योग कार्यालय कास्कीका प्रमुख उद्योग अधिकृत उमा गौतम कोइरालाले सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुहुदैं तालिमबाट सिकेका कुरा व्यवहारमा उतार्न र व्यवसायिक बन्नका लागि आग्रह गर्नुभएको थियो ।

ऊक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष जानुका अधिकारी, कार्यसमिति सदस्य मेनुका श्रेष्ठ, तालिम प्रशिक्षक एवं औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पोखराका प्रमुख रामप्रसाद तिवारी लगायतकाले तालिमबाट सिकेका ज्ञानलाई आफ्नो व्यवहारमा उतार्ने र उद्यमी बन्न प्रेरित गर्नुभएको थियो साथै सहभागीको तर्फबाट भिमकुमारी पुन गर्वुजाले यस तालिम निकै महत्वपूर्ण रहेको र व्यवसाय तथा उद्यमबाट नै जीवन सहज हुने ज्ञान हासिल गर्न सफल भएको बताउनु भएको थियो ।

२५ जना सहभागीहरुको सहभागिता रहेको यस तालिम कार्यक्रमको समापन कार्यक्रमको संचालन महासचिव गोपिचन्द्र बास्तोलाले गर्नुभएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by