Mar 11, 2020
मकवानपुर उवासंघद्वारा निःशुल्क मास्क बितरण

२०७६ फागुन २८ गते 

मकवानपुर उद्योग बाणिज्य संघले बुधबार मास्क बितरण कार्यक्रम गरेको छ । संघका कार्यवाहक अध्यक्ष माधव न्यौपानेको अध्यक्षता र हेटौडा अस्पतालका बालरोग बिशेषज्ञ डा. हरि खड्काको आतिथ्यतामा हेटौडा अस्पतालमा कार्यक्रम भएको हो । कार्यक्रममा का.वा. अध्यक्ष माधव न्यौपानेले विश्वभरि कोरोना भाइरस फैलिरहेको अवस्थामा यो रोग स्वासप्रश्वास बाटपनि सर्ने भएकाले मास्क बितरण गरिएको बताउनुभयो । कार्यक्रममा उहाले मउवा संघको तर्फवाट अस्पताललाइ मास्क हस्तान्तरण गर्दै यस कार्यक्रमले व्यापारीहरुले मास्क लुकाएको भन्ने कुरालाइ चिर्न सघाउने बताउनुभयो ।

कार्यक्रममा डा. हरि खड्काले सुविधासम्पन्न अस्पतालहरु काठमाडौमा मात्र भएकाले हेटौडामा यस्तो सहयोग अत्यावस्यक रहेको बताउनु भयो । उहाले बिश्वभरि १०० भन्दा बढि देशमा कोरोना भाइरस फैलिसकेकोले विशेष गरि घाटि दुख्ने तथा जरो आउने भएमा यो भाइरसको जाँच गराउन सुझाव दिनुभयो । यो भाइरस अन्य नियमित फ्लु संग मिल्दोजुल्दो भएपनि रुघा लाग्दा सिंगान कम बग्ने, सुख्खा खोकी लाग्ने, जरो आउने जस्ता लक्षण देखिने बताउनुभयो । यस भाइरसको औषधि परिक्षणकै अवस्थामा रहेको तथा १०० जना बिरामीमा ३ प्रतिशतको मात्रै मृत्यु हुने भएकोले धेरै डर त्रास लिन नहुने बताउनुभयो । संक्रमण भएका ८५ प्रतिशतलाइ केहि नहुने बाकि १२ प्रतिशतलाइ केहि डरलाग्दो अवस्था रहने बताउनुभयो । उहाले यसबाट बच्ने विभिन्न उपायहरु बताउदै त्यसभध्ये एक भिडभाडमा जादा मास्क लगाउनु पर्ने  भएको बताउनुभयो । अस्पतालले गर्नुपर्ने कार्य मउवासंघले गरेकोमा धन्यवाद दिदै उहाले आउदा दिनमा थप सहयोगको आशा पनि व्यक्त गर्नुभयो । 

कार्यक्रम सञ्चालन गर्दै संघका सचिव विष्णुगोपाल महर्जनले मउवासंघले जिल्लाका विभिन्न स्थानमा ५००० मास्क बितरण गर्ने कार्यक्रम रहेको बताउनुभयो । कार्यक्रममा संघका उपाध्यक्ष रामप्रसाद न्यौपाने, कोषाध्यक्ष अनिल अग्रवाल, सचिव तथा प्रवक्ता काव्यमणि अधिकारी, कार्यसमिति सदस्यहरु दिवस पराजुली प्रतिमा श्रेष्ठ, राजाराम कार्की, नरेन्द्र भण्डारी, रुपकराज दाहाल लगायत पत्रकार तथा हेटौडा अस्पतालका डाक्टर र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by