Jun 12, 2020
रोल्पा उवासंघद्वारा प्रमुख जिल्ला अधिकारीको स्वागत
रोल्पा उद्योग वाणिज्य संघको आयोजनामा मिति २०७७ साल जेष्ठ २९ गतेका दिन रोल्पा जिल्लामा सरुवा भै आउनु भएका प्रमुख जिल्ला अधिकारी श्री नरेन्द्र कुमार रानाज्यूलाई संघमा अतिथि स्वागत तथा भेटघाट कार्यक्रम गरिएको छ ।

नव आगन्तुक प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानालाई रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दज्यूले फुलमाल र अविर सहित मायाको चिनो प्रदान गरी स्वागत गर्नु भएको थियो । त्यसैगरी स्वागत तथा भेटघाट कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् रोल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष किशोरकुमार आचार्य, नेपाल उद्योग वाणिज्य महासंघ परिषद् सदस्य, घरेलु तथा साना उद्योग विकास समिति सदस्य, नेपाल उद्योग वाणिज्य महासघ प्रदेश नं. ५ को जिल्ला नगर परिषद् सदस्य तथा निवर्तमान अध्यक्ष बालकृष्ण सुवेदी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको पाँचौं जिल्ला अधिवेशनको अन्तिम कार्यकाल अध्यक्ष महेश न्यौपाने, रोल्पा उद्योग वाणिज्य संघका कार्य समिति पदाधीकारी तथा सदस्यहरु, सल्लाहकार र मानार्थ सदस्यहरुको साथै रोल्पा जिल्लामा क्रियाशिल रहेका प्रत्रकारहरुको उपस्थिति रहेको थियो । रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वकुमार चन्दज्यूको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन महासचिव मिलन रोकामगरले गर्नु भएको थियो ।

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by