Jun 14, 2020

जेष्ठ ३२, नारायणगढ ।

उद्योग वाणिज्य संघ-चितवनले उद्यमी व्यवसायीको लागी निशुल्क कोरोना बीमा गरिदिने भएको छ । विश्वव्यापी रुपमा रहेको कोभीड १९ का कारण आर्थिक क्षेत्र मात्र नभई मानवीय क्षेत्रमा पनि ठुलो क्षति पुगेको अवस्थामा व्यवसायीलाई राहत स्वरुप बीमा योजना ल्याइएको हो । कोभिड १९ को रोकथाम तथा नियन्क्रणका लागि लागु गरिएको बन्दाबन्दीको कारण व्यवसाय क्षेत्र आत्रान्त बनेको बर्तमान अवस्थामा व्यवसायी माथी जटिलता थपिएको कुरालाई मध्येनजर राखी रु. ५० हजार बराबरको कोरोना बीमा योजना ल्याइएको संघका अध्यक्ष राजु श्रेष्ठले बताउनु भयो । अध्यक्ष श्रेष्ठका अनुसार संघको कार्यसमितिको आईतवार वसेको बैठकले उक्त योजना लागु गर्ने निर्णय गरेको हो । उद्योग वाणिज्य संघ-चितवनको सदस्यता प्राप्त गरेका व्यवसायीले आफ्नो सदस्यता यहि आषाढ मसान्त सम्म नवीकरण गर्ने सदस्यहरुलाई यो बीमा योजना लागु गरिएको उद्योग वाणिज्य संघ-चितवनका कार्यसमिति सदस्य एवम् स्वास्थ्य समितिका संयोजक सिरिस पन्तले जानकारी दिनुभयो ।यो योजना अर्न्तगत सदस्य व्यवसायीलाई कोरोना संक्रमण भएको एऋच् च्भउयचत पेश भए पश्चात बिमा रकम प्राप्त गर्ने र नवीकरण गर्ने सदस्यलाई कुनै शुल्क नलाग्ने संघका वरिष्ठ अधिकृत निलबहादुर केसीले जानकारी दिनुभयो । उद्योग वाणिज्य संघ-चितवनले कोरोनाका कारण लागु गरिएको बन्दाबन्दिको कारण सिर्जित असहज परिस्थितिलाई मध्येनजर गर्दै बिभिन्न राहतका कार्यक्रम संचालन गरेको छ । संघले आफ्ना सदस्यलाई मध्येनजर राख्दै यस अगावै व्यवसायी राहत कोष स्थापना गरि लागु गरेको संघका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिनुभयो । हाल संघमा करिव ४ हजार ५ सय व्यवसायी आवद्ध रहेकाछन् ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by