Jul 23, 2020
ब्यबसाय प्रवर्द्धनमा लेउवा संघ र पो. वि. विच सहकार्य

लेखनाथ,८ साउन ।
 
समग्र गण्डकी प्रदेशकै ब्यापार तथा ब्यवसाय प्रवर्द्धनका लागि लेखनाथ उद्योग बाणिज्य संघ र पोखरा विश्वविद्यालयका विच सहकार्य हुने भएको छ । 
 
दुई संस्थाका विच भएको सहकार्यलाई मुर्त रुप दिनका लागि केही समय अगाडी गठित ब्यवसाय प्रवर्द्धन तथा अनुसन्धान समितिको विहिवार बसेको बैठकले ब्यवसायीक उत्पादन र स्वदेशमा नै दक्ष्य जनशक्ति उत्पादनका विषयमा नितीगत तवरले नै अगाडी वढ्ने सहमति भएको हो । 
 
एकातिर विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरु बाहिरी मुलकमा जान हतारो गर्छन भने अर्को तर्फ स्देशमा नै दक्ष्य जनशक्ति नपाउदा स्वदेशी लगानीकर्ताको मनोवल कमजोर भएकाले स्वदेशी उत्पादनको प्रवर्द्धनमा दुई संस्थाका विचको सहकार्य अति आवश्यक रहेको बिचार  औल्याईएको थियो । 
 
स्वदेशमा नै दक्ष्य जनशत्ति नहुदाा पछि परेका हाम्रा उद्योगधन्दाको अवस्था कमजोर स्थितिमा रहेको तितो यथार्थलाई मध्यनजर गरि अव उद्योग बाणिज्य संघले लगानीका सम्भावनको खोजी गर्ने विश्वविद्यालयले आवश्यकता अनुसारको पाठ्यक्रम तयार पारी रोजगारका लागि विदेशमा जान नपर्ने नितीगत योजना आवश्यक रहेको समितिको ठहर छ । 
 
लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा विश्वविद्यालयको तर्फबाट डा.रविन्द्र घिमिरे, डा.सृजन ज्ञावाली, रबिन्द्र प्रसाद बराल, लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बावुराम गिरी, निवर्तमान अध्यक्ष कृष्णहरि भण्डारी, संघका प्रथम उपाध्यक्ष बिनोद श्रेष्ठ, महासचिव गोपिचन्द्र बास्तोला र द्धितीय उपाध्यक्ष राजेन्द्र ओझा लगाएतले आवश्यकता अनुसारको दक्ष्य जनशक्ति तयार पार्ने योजना ल्याउनु पर्ने सुझाव राखेका थिए । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by