Nov 27, 2020
कोभिड –१९ मा सुरक्षित व्यापार व्यवसाय अभियान

२०७७ मंसिर १२ गते

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र जर्मन संस्था जि. आई. जेड को सहकार्यमा विषेश गरी साना उद्योगी व्यवसायीहरुलाई लक्षित गरी कोभिड १९ को महामारीमा सुरक्षित तरीकाले व्यवसायी र ग्राहकको सुरक्षा सहित व्यवसाय संचालनको वातावरण निमार्ण गर्ने आग्रह सहित जनचेतना अभियान संचालन गरिएको छ । १० दिन लामो उक्त अभियानमा खटियका सहजकर्ताले साना पसल तथा ठेला व्यवसायी समक्ष पुगेर स्वाथ्य मापदण्डको बारेमा, इ रिक्सामा  जिगंल बजाउदै  व्यवसायीहरुलाई जानकारी  मुलक पम्पेलेट , मास्क, सेनिटाईजर उपलब्ध गराउने कार्यको लागि दुईजना सहजकर्ता खटाईएको उक्त अभियान जि आई जेडको स्थानीय, प्रादेशिक आर्थिक विका परियोजना अन्तरगत र संघको सहकार्यमा जारी सो अभियान बाट करिव ४०० जना व्यवसायीहरु लाभान्वित हुने संघका कार्यकारी सचिव आनन्द खनाले जानकारी दिए ।  उक्त अभियान सुरुवात संघका उद्योग उपाध्यक्ष अरुण कुमार गोयनका तथा कार्यसमित सदस्यहरुको उपस्थितिमा भएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by