Dec 23, 2020
उद्योग वाणिज्य संघ–चितवनको बीमा रकम हस्तान्तरण कार्यक्रम

पुष ८ भरतपुर,

उद्योग वाणिज्य संघ चितवनले कोरोना वीमा बापतको रकम हस्तान्तरण गरेको छ । संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि वीमीत संघका सदस्य फर्म थ्री स्टार व्युटिपार्लरका प्रोपाईटर गौरी खड्कालाई वीमा रकम हस्तान्तरण गरिएको हो । 

उद्योग वाणिज्य संघ–चितवनले संघमा आवद्ध रहेका सदस्य व्यवसायी मध्ये असार मसान्तसम्म नवीकरण गर्ने सदस्यलाई रु ५० हजारको नि:शुल्क कोरोना वीमा गरि दिएको थियो । वीमा रकम हस्तान्तरण कार्यक्रममा वोल्दै संघका अध्यक्ष राजु श्रेष्ठले कोभिड १९ का कारण व्यवसायमा मात्र नभई व्यवसायीहरुलाई पनि आक्रान्त बनाएको भन्दै वीमा योजनाले व्यवसायीलाई राहत पुग्ने आशा व्यक्त गर्नु भयो । कार्यक्रममा उहाँले आगामी दिनहरुमा पनि सदस्य केन्द्रित विविध कार्यक्रमहरु ल्याउन लागिएको बताउनु भयो । संघका निवर्तमान अध्यक्ष एवम नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य सहन लाल प्रधानले रु. ५० हजारको चेक हस्तान्तरण गर्नु भएको थियो । वीमीतलाई चेक हस्तान्तरण गर्दै केन्द्रिय सदस्य प्रधानले संघको सामाजिक उत्तरदायित्व अन्र्तगत रहि व्यवसायिक हितका लागि यो योजना ल्याइएको बताउनु भयो । यस बीमा योजनामा ७ सय जना व्यवसायी सहभागी हुनुभएको  र हालसम्म २३ जना कोरोना भाईरस पोजेटीभ देखिएर बीमा भुक्तानी दावी भईसकेको र हालसम्म ३ जना व्यवसायीहरुलाई वीमा रकम हस्तान्तरण गरिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो । 

वीमा रकम ग्रहण गर्दै थ्री स्टार व्यूटीपार्लरको प्रोपाइटर गौरी खड्काले संघको सदस्य भएकोमा गौरव महशुस भएको बताउनु भयो । खड्कालाई असोज २ गते चितवन मेडिकल कलेजमा पिसिआर परिक्षणको लागि नमूना संकलन गरी  असोज ८ गते उहाँलाई कोरोना पोजेटीभ देखिएको थियो । संघले व्यवसायीका हितका लागि कोरोना कोष र व्यवसायी राहत कोष सञ्चालन गरेको संघका स्वास्थ्य संयोजक सिरिस पन्तले जानकारी दिनु भयो । वीमा रकम हस्तान्तरण कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष चुन नारायण श्रेष्ठ, उपाध्यक्ष द्वय सुमन कुमार श्रेष्ठ, भोजराज कौडाल र कार्यकारी निर्देशक निलबहादुर केसी लगायतको उपस्थिति रहेको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by