Jan 03, 2021
नेपाल फ्रेट फरवार्डरस एसोसिएसनको २०औं वार्षिक साधारण सभाबाट नयाँ कार्यकारिणी समितिको गठन

२०७७ पौष १९ गते

नेपाल फ्रेट फरवार्डरस एसोसिएसनको २०औं वार्षिक साधारण सभाबाट नयाँ कार्यकारिणी समितिको गठन वार्षिक साधारण सभाको बन्दसत्र पश्चात निर्वाचन समितिबाट आगामी कार्यकालका लागि सवै पदमा कार्यकारिणी समिति निर्विरोध निर्वाचित भएको घोषणा गरेको छ । 

श्री मनोज अधिकारीको अध्यक्षतामा श्री राजेन्द्र संग्रौला – प्रथम उपाध्यक्ष, श्री नरेश कूमार अग्रवाल – द्वितिय उपाध्यक्ष, श्री अशोक मान कपाली – महासचिव, श्री हरि प्रसाद ढकाल – कोषाध्यक्ष, श्री ईश्वर बहादूर गूरूङ – सचिव, श्री सूजन कूमार न्यौपाने – सह कोषाध्यक्ष तथा कार्यकारिणी समिति सदस्यमा श्री गंगाराम पूडासैनी, श्री सीता अधिकारी, श्री सहदेव बङजारा, श्री गंगा बहादूर राया (गोपाल), श्री संजिव अर्याल, श्री प्रनिल मान सिंह प्रधान तथा श्री मनिष मान श्रेष्ठ को नयां कार्यकारिणी समिति गठन भएको छ ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको ५४औं वार्षिक साधारण सभाबाट विजयी हूनू भएका पदाधिकारी एवं बस्तूगत तर्फका कार्यकारिणी समिति सदस्यहरूलाई संघका निवर्तमान अध्यक्ष श्री प्रकाश सिंह कार्कीज्युले बधाई पक्र सहित सम्मान गरिएको छ ।

कार्यक्रममा नेपाल फ्रेट फरवार्डरस एसोसिएसनबाट आर्थिक समस्याबाट ग्रसित दूई क्यान्सर पिडितहरूलाई जनही रू. ३६,०००।०० र एक क्यान्सर पिडितलाई आर्थिक सहयोग स्वरूप रू. २०,०००।०० प्रदान गरिएको छ ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by