Jan 17, 2021
नेपाल उद्योग वाणिज्य महासंघको वागमती प्रदेशका नवनिर्वाचित टिमलाई हेटौडामा स्वागत

नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी सहित कार्यकारिणी समिति सदस्यहरुको सम्मानमा मकवानपुर उद्योग वाणिज्य संघले माघ ३ गते शनिवार हेटौडामा बधाई एवं स्वागत कार्यक्रमको आयोजना गर्यो । 

बागमती प्रदेशको पौष ११ गते काठमाडौंमा सम्पन्न चौथो प्रदेश सभाबाट अध्यक्षमा दिलसुन्दर श्रेष्ठ, उपाध्यक्षहरुमा सविन श्रेष्ठ, दूर्गा राज श्रेष्ठ, कोषाध्यक्षमा गुणराज श्रेष्ठ, कार्यकारिणी समिति सदस्यहरुमा शिवप्रसाद मानन्धर, श्याम थापा, कैलाश पलाञ्चोके, जिवन काजी माकाजु श्रेष्ठ, हेमराज रिमाल, विरेन्द्रनाथ भट्टराई, प्रदीप मान प्रधान र प्रतिमा भट्ट निर्वाचित हुनु भएको थियो । 

स्वागत कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले नवनिर्वाचित टिमलाई संघमा स्वागत सहित बधाई दिनु भएको थियो । कार्यक्रममा संघका अध्यक्ष कटुवाल सहित महासंघ बागमती प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, महासंघको कार्यकारिणी समितिका सभापति, संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गी, बागमती प्रदेशका उपाध्यक्षद्वय सविन श्रेष्ठ, दुर्गा राज श्रेष्ठ, संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपाने र उपाध्यक्ष कृष्ण कुमार गुप्ता लगायतले मन्तव्य आआफ्नो राख्नु भएको थियो । 

स्वागत कार्यक्रममा हेटौंडामा कार्यक्रम आयोजना गर्दैगर्दा नेउवामहासंघ बागमती प्रदेशले पूर्णता पाएको, हेटौंडामै प्रदेशको कार्यालय रहने सुनिश्चित भएको र एक हिसावले मकवानपुर उद्योग वाणिज्य संघकै नेतृत्वमा मध्यमाञ्चलस्तरीय महासंघको नेतृत्व रहँदै गर्दा राज्य प्रदेश संरचनामा गएको कारण नेउवामहासंघ प्रदेश ३ को पहिलो जिम्मेवारीको नेतृत्व मकवानपुर उद्योग वाणिज्य संघले नै गरेको चर्चा गरिएको थियो । 




सो अवसरमा प्रदेश भित्र कृषि लगायत उद्योग÷व्यवसाय क्षेत्रको विकासको लागि विभिन्न हिसावले पहल आवश्यक रहेकोमा जोड दिइयो । 



 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by