- Day-to-day Activities
- Press Release
- News Clippings
- Photo Archives
- Audio/Videos
- Notice/Announcements
- News feeds from Media
- FNCCI on Social Media
Releated Member Press Release
- उद्योग वाणिज्य संघ–चितवनको स्वागत कार्यक्रम सम्पन्न | March 04, 2021
- लेखनाथमा ब्यवासाय दर्ता, नविकरण र खारेजीका बारेमा छलफल | February 26, 2021
- लेखनाथ उवासंघले तोक्यो अधिबेशन मिति | February 23, 2021
- कृषि मण्डीमा महिला ब्यवसायीको कोशेली घर संचालन | February 17, 2021
- उवासंघ चितवानद्वारा अचार बनाउने तालिम शुभारम्भ | February 08, 2021
उद्योग वाणिज्य संघ–चितवनको स्थापना दिवस
February 01, 2021

माघ १९ , भरतपुर ।
उद्योग वाणिज्य संघ–चितवनले विविध कार्यक्रमहरुको आयोजना गरि स्थापना दिवस मनाएको छ । संघको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि ६१ औं स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसको अवसरमा बोल्दै संघका अध्यक्ष श्री राजु श्रेष्ठले संघलाई बर्तमान अवस्थामा ल्याई पुर्याउनका लागि अग्रज, पूर्व अध्यक्ष, पूर्व कार्यसमिति सदस्य लगायत शुभचिन्तकहरुको अमुल्य योगदान रहेको बताउंदै उहांहरु प्रतिआभार व्यक्त गर्नुभयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोभिडका कारण क्षतविक्षत भएको उद्योग व्यवसाय क्षेत्रलाई प्रबर्द्धन गर्नका लागि संघले कठिन परिस्थितिमा पनि बिभिन्न कार्यक्रम सम्पन्न गर्नसकेको बताउनु भयो । उहांले संघले चितवन जिल्लाको समग्र विकासका लागि कृषि, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई आधार स्तम्भको रुपमा लिई कार्यक्रम सञ्चालन गरिरहेको बताउंदै उद्योगीव्यवसायीको हकहितको संरक्षण, संबर्द्धन र प्रबर्द्धन गर्दै जिल्लाको आर्थिक रुपान्तरणमा सदैव सक्रिया भूमिका निर्वाह गर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथि एवम् संघका पूर्व अध्यक्ष प्रचण्ड लाल प्रधानले संघको ईतिहांस गौरवमय र अन्य उवासंघहरुको लागि पनि प्रेरणादायी रहेको बताउंदै संघले आफुलाई समयानुकुल परिमार्जन गर्दै लैजानु पर्ने बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि प्रधानले चितवन जिल्लालगायत देशकै आर्थिक, सामाजिक एवम् शैक्षिक विकासमा संघले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो । कार्यक्रममा प्रमुख अतिथि, पूर्व अध्यक्ष संघका पदाधिकारी एवम् कार्यसमिति र वस्तुगत संघका अध्यक्षज्यूहरुले संयुक्त रुपमा ६१ वटा दिप प्रज्ववलन गरिएको थियो ।
संघले आफ्नो ६१ औं स्थापना दिवसको अवसरमा संघको परिसरमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरेको थियो । नेशनल सिटिहस्पिटलको सहयोगमा सञ्चालित उक्त स्वास्थ्य परिक्षण कार्यक्रममा ८० जनाले निशुल्क प्रेसर जाँच, सुगर परिक्षण लगायतका सेवा लिएको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनुभयो ।
स्थापना दिवस समारोहमा संघका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठ, फेन्सी व्यवसायी संघका अध्यक्ष माधव प्रसाद अधिकारी लगायतले बोल्नुभएको थियो । ऊक्त कार्यत्रम पश्चात संघले चितवनको पटिहानिमा वार्षिक समिक्षा गोष्ठी समेत आयोजना गरेको सचिवालयले जनाएको छ । संघका अध्यक्ष राजु श्रेष्ठको अध्यक्षता एवम् पूर्व अध्यक्ष प्रचण्डलाल प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न ऊक्त कार्यत्रम संघका कार्यकारी निर्देशक निलबहादुर केसीले सञ्चालन गर्नुभएको थियो ।