Feb 07, 2021
महासंघको स्थल यातायात तथा पारवहन समिति विस्तारः मुलुकको अन्तराष्ट्रिय व्यापार सहजीकरणका इस्यूमा काम गर्न समितिलाई अध्यक्ष गोल्छाको सुझाव (२०७७/१०/२५)

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य प्रकाश सिंह कार्कीको सभापतित्वमा गठित स्थल यातायात तथा पारवहन समिति विस्तार भएको छ । समितिका सह–सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्यद्वय अमृत भट्टच र राजेश कुमार अग्रवाल तथा नेपाल फ्रेट फर्वार्डरस एशोसिएशनका द्वितिय उपाध्यक्ष नरेशकुमार अग्रवाल हुनुहुन्छ । 

त्यसैगरी समितिका सदस्यहरुमा महासंघको कार्यारिणी समितिका सदस्य दामु अधिकारी, नेपाल समुद्रपार निकासी पैठारी संघका महासचिव मदन मित्तल, नेपाल गुड्स क्यारियर्स एसोसिएनका अध्यक्ष रितेश लामिछाने,नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेल र नेपाल फ्रेट फर्वाडर्स एसोसिएनका कार्यकारिणी समिति सदस्य सीता अधिकारी हुनुहुन्छ ।  

समितिका आमन्त्रितहरुमा महासंघको कार्यकारिणी समितिका सदस्य गोपाल केडिया, मेची उद्योग वाणिज्य संघका दिपेन्द्रराज पाण्डे, काभ्रे उद्योग वाणिज्य संघका महासचिव बसन्त नारायण बोछिभोय,नेपाल निर्यात परिषदका अध्यक्ष हरि बहादुर कार्की, नेपाल फ्रेट फर्वाडिङ कम्पनी प्रा.लिका प्रवन्ध निर्देशक सुशिल नाहटा, अरनिको यातायात सेवा समितिका निवर्तमान अध्यक्ष श्याम लामा र दोलखा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष सुन्दर कार्की हुनुहुन्छ । 

त्यस्तै समितिका सल्लाहकारहरूमा नेपाल सरकारका पूर्व सहसचिव रविशंकर सैंजु, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारि निर्देशक शरद विक्रम राणा, यस टर्मिनल्स प्रा.लिका प्रवन्ध निर्देशक अशोककुमार टेमानी, एशियाली विकास बैंकका परामर्शदाता श्याम दाहाल र इन्टरस्टेट टर्मिनल्स प्रा.लिका प्रवन्ध निर्देशक आर.वि. रौनियार हुनुहुन्छ । 

समिति विस्तार कार्यक्रमलाई संवोधन गर्नुहुंदै महासंघका अध्यक्ष शेखर गोल्छाले स्थल यातायात तथा पारवहन समिति महासंघको निकैनै महत्वपूर्ण समिति रहेको बताउनु भयो । भुपरिवेष्ठित मुलुक हुनुका नाताले नेपालको अन्तराष्ट्रिय व्यापारमा आफ्नै प्रकारका चुनौतीहरू रहेकाले नेपालको अन्तराष्ट्रिय व्यापारलाई अझबढी सहज र सरल बनाउन के कस्ता सुधार आवश्यक छ त्यसमा ठोस सुझाव तयार गर्न समितिलाई आग्रह समेत गर्नुभयो । अध्यक्ष गोल्छाले समितिलाई मुलुकको अन्तराष्ट्रिय व्यापार सहजीकरणका इस्यूमा काम गर्न सुझाव दिनुभयो ।  

महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले समितिलाई सफलताको शुभकामना दिनुहुंदै समितिलाई अन्तराष्ट्रिय व्यापारका क्रममा आउने स्थल, सामुद्रिक र हवाई यातायातका सम्पूर्ण मुद्दाहरूमा परिणामदायी ढंगले काम गर्न सुझाव दिनु भयो ।

महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले समितिको सफलताको कामना गर्नुभयो भने समितिका सभापति कार्कीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रत्येक महिनाको पहिलो सोमवार समितिको बैठक बस्ने र आउंदो बैठकमा समितिको कार्ययोजनाका लागि एजेडाहरू तयार गर्ने निर्णय गरेको छ ।   
 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image