Mar 07, 2021
सिद्धार्थ उवासंघको ६२ औं वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न

२०७७ फागुन  २१ र २२  गते सिद्धार्थ उद्योग वाणिज्य संघ, रूपन्देहीमा संघको ६२ औं वार्षिक साधारणसभा एवं अधिवेशन  सम्पन्न भएको थियो । संघका अध्यक्ष कुलप्रसाद न्यौपानेज्यूको अध्यक्षतामा एवं नेपाल सरकारका अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलज्यूको भुसालको प्रमुख आतिथ्यता र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाज्यूको  विशिष्ट आतिथ्यतामा उक्त साधारण सभा अधिवेशनको समुद्घाटन समारोह सम्पन्न भएको थियो ।
 
अध्यक्ष कुलप्रसाद न्यौपानेज्यूले सभामा उपस्थित सबैलाई स्वागत गर्दै रूपन्देही उद्योग, व्यापार, कृषि, पर्यटन, औद्योगिक क्षेत्रमा यथेस्ट संम्भावना बोकेको र विकास निर्माणको दृष्टिले महत्वपूर्ण रहेकोले यहाँ निर्माण भैरहेको अन्तराष्ट्रिय विमानस्थलको संचालन बेलहिया–बुटवल सेजको प्रभावकारी संचालन , योगिकुटी –मैनहिया १३२ केभी प्रसारणलाईन , भैरहवामा ICP लगायतका पूर्वाधार निर्माण गरी  मुलुकलाई आर्थिक समृद्ध बनाउने स्थान लुम्बिनी नै रहेकोले यस क्षेत्रमा सरकारले बढी ध्यान केन्द्रित गर्नु पर्ने तथा आगामी बजेट कोभीड–१९ बाट समस्यामा परेका उद्योग व्यवसायीलाई  मनोवल उच्चहुनु पर्नै बताउँदै प्रमुख अतिथिलाई उद्योग व्यवसायका समस्या समधानको लागी तयार परिएको ज्ञापान पात्र समेत पेश गर्नुभएको थियो । 

६२ औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै माननीय अर्थ मन्त्री विष्णुप्रसाद पौडेलज्यूले  सबै सेवा सुविधाले सम्पन्न देशकै प्रमुख दोस्रो ठूलो नाका भैरहवाको विकासको आफू लागि पर्ने बताउनु भएको थियो । आफ्नो चाहना पनि निजी क्षेत्र संग सहकार्य गरेर बढ्नुपर्ने जसले  समग्र देशकाआर्थिक विकासमा सहयोग गर्ने भएकोले सोहि अनुसार सरकारका आर्थिक नीतिहरु ब्नाउने प्रतिबद्धता  द्रूतरत गतिमा चीन र भारत अघि बढीरहेको बताउदै अव नेपाल पनि आर्थिक विकासमा अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो । 
 
त्यस्तै विशिष्ठय अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाज्यूले सरकारले आर्थिक क्रियाकलापमा ७० प्रतिशत योगदान दिने निजी क्षेत्रको गुनासोहरुलाई सम्बोधन गरेर जानुपर्ने बताउनु भएको थियो भने करदातालाई सहजरुपमा कार तिर्ने वातवरण बनाउनको लागि अनुरोध गर्नु भएको थियो ।  

कार्यक्रममा, नेपाल उद्योग वाणिज्य महाससंघका कार्यकारिणी सदस्य श्री राजेशकुमार अग्रवाल,  श्री महेन्द्रकुमार श्रेष्ठसंघका पूर्व अध्यक्षहरूको तर्फबाट पूर्व अध्यक्ष ओमकार गौचन, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष श्री कृष्णप्रसाद शर्मा, विभिन्न संघ संस्थाहरूको प्रतिनिधित्व गर्दै लुम्बिनी प्रेश क्लवमा अध्यक्ष श्री नेश के.सि, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्षज्यूहले संघको ६२ वार्षिक साधारण सभा तथा अधिवेशनको सफलताको शुभकामना दिनु भएको थियो । सो समुदघाटन समारोहमा लुम्बिनी प्रदेश सभाका माननीय सदस्यज्यूहरु, नेपाल उद्योग वाणिज्य महासंघका जिल्लानगर उपाध्यक्ष श्री दिनेश श्रेष्ठज्यू, वस्तुगत उपाध्यक्ष  श्री अन्जन श्रेष्ठज्यू लागायतको उपस्थिति रहेको थियो ।  

सामाजिक उत्तरदायित्व वहन  तथ सम्मान 

साधारण सभा तथा अधिवेशनको अवसरमा संघ आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै पत्रकारिता मार्फत संघका गतिविधि तथा आर्थिक गतिविधिहरु बरे समाचार सम्प्रेषण मार्फत पुर्‍याएको योगदान स्वरुप पत्रकार श्री दिपक घिमिरे तथा राधेश्याम विश्वकर्मा भएका भैरहवा सञ्चार गृहका प्रमुख पत्रकार दीपेश पछाईलाई समेत नगद सहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो । 

त्यसै गरी विगत छ दशक भन्दा बढी समय देखि भैरहवामा रहि आफ्नो विचार एवं कलम मार्फत नेपाली साहित्य तथा गजलको क्षेत्रमा पुर्‍याउनु भएको  विशिष्ठ योगदानको कादर स्वरुप राष्ट्रिय गजलकार एवं साहित्यकार बुँद रानाज्यूलाइ स्व. रूद्र विलास तुलाचन सम्मान प्रदान गरिएको थियो ।  

संघका सदस्य फर्मलाई सम्मान 

सोही अवसरमा संघले आफ्ना सदस्य फर्महरू मध्येबाट संघको सबैभन्दा पुरानो र हालसम्म पनि निरन्तर रूपमा नवीकरण हुदै आएका उत्कृष्ट तीन वटा फर्महरूलाई सम्मान गरेको थियो । जसमध्ये वाणिज्य तर्फ नेपाल आइरन स्टोसका  अर्जुन कलवार,  उद्योग तर्फ लुम्बिनी फ्लाओर मिलका सुरेन्द्र चन्द्र अग्रवाल तथा कार्पोरेट तर्फ गोयनका फुड्स प्रा.लि.का श्रीचन्द गोयनकालाई सम्मान गरिएको थियो । त्यस्तै  आफ्नो औद्योगिक उत्पादनलाई सर्टिफिकेट अफ ओरिजीन COO मार्फत तेस्रो मुलुकतर्फ अत्याधिक परिमाणमा   निर्यात गरी संघलाई पुर्‍याएको  योगदानको उच्च मूल्याङ्कन गर्दै  तेस्रो मुलुकतर्फ निर्यात गर्ने सदस्य फर्म श्री सिद्धार्थ आधुनिक दाल उद्योग, रूपन्देही र भारत तर्फ  सदस्य फर्म श्री जगदम्बा स्पिनीङ्ग मिल प्रा.लि.कम्हरिया – ४, रूपन्देहीलाई पनि सम्मान गरिएको थियो । भने ग्रामिण क्षेत्रा सानो पूँजीबाट व्यसाय गर्दै निरन्तरता दियकोमा रोहिणी गाँउपालिका छिपागडका महिला व्यवसायी विन्दु तेली गुप्तालाई सम्मान गरिएको थियो । 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by