Apr 05, 2021
ब्यवसायीक उत्थानमा पुर्व तयारी आवश्यक
लेखनाथ,२३ चैत्र ।

आफनो ब्यापार ब्यवसाय प्रवर्द्धन तथा उत्थानका लागि पुर्व तयारी आवश्यक रहेको सोमवार लेखनाथमा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

लेखनाथ उद्योग बाणिज्य संघको आब्हानमा सोमबार संघसगा आवध संस्थागत सदस्य, विभिन्न उप समितिका संयोजक तथा सह संयोजकहरुका बिच भएको छलफलमा ब्यवसाय संचालन पुर्व लगानीको सुनिश्चितता, त्यसको बजारीकरण र प्रतिफलको एकिन नगरी ब्यवसाय गर्ने हो भने घर घडेरी जोड्न त परै जावसो घर घडेरी नै बेच्नु पर्ने स्थिति आउने हुदा पूर्वतयारी गरेर मात्र ब्यवसाय गर्नु पर्ने सुझाव राखिएको थियो ।

ब्यवसाय गर्नु पुर्व राम्रो तयारी नगर्दा ब्यवसायमा आउदाा हाउ भाव देखाउने र पछि ब्यवसायबाट नै पलाएन हुने गरेको अवस्थालाई मध्यनजर राख्दै संघले त्यसका लागि सुझाव र सरसल्लाह दिन तयार रहेको संघका अध्यक्ष बलराम ढकालको भनाई रहेको थियो ।

कार्यक्रममा संघका पुर्व अध्यक्ष तथा नेपाल उद्योण बाणिज्य महासंघका केन्द्रिय सदस्य बावुराम गिरीले ब्यवसायीक उत्थानका लागि संघले बेला बेलामा तालिम, प्रशिक्षण र भम्रणको आयोजना गरि ब्यवसायीको आत्मवल वढाउने काम गर्दै आएको बताउनु भएको थियो ।

सोही अवसरमा संघका पुर्व अध्यक्ष लक्ष्मी प्रसाद त्रिपाठी, लेखनाथ फर्निचर ब्यवसायी समितिका अध्यक्ष यज्ञ बहादुर गुरुङ, निर्माण ब्यवसायी समिति लेखनाथका अध्यक्ष राम बहादुर गुरुङ, लेखनाथ होटल ब्यवसायी समितिकी कार्यसमिति सदस्य तुलसी थापा, बेगनासताल बजार ब्यवस्थापन समितिका अध्यक्ष दयाराम तिवारी, सहकारी तथा वित्तिय क्षेत्र परिचालन उपसमितिका संयोजक ईन्द्र बहादुर थापा र महिला उद्यमी परिचालन उपसमितिका संयोजक मेनका श्रेष्ठ लगायतले आफनो धारणा राख्नु भएको थियो ।

संघका अध्यक्ष वलराम ढकालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव गोपिचन्द्र बास्तोलाले गर्नु भएको थियो भने धन्यवाद ज्ञापन प्रथम उपाध्यक्ष विनोद श्रेष्ठले गर्नु भएको थियो ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by