Apr 05, 2021
ब्यवसायीका विच लेउवा संघको प्रशिक्षण

लेखनाथ,२३ चैत्र ।

लेखनाथ उद्योग बाणिज्य संघले ब्यवसायीक हक हितका सवाल एवंम ब्यापार ब्यवसाय प्रवर्द्धनमा सहयोग पुग्ने गरि ब्यवसाय सम्वन्धि प्रशिक्षण दिदै अगाडी वढेको छ ।

आफनो कार्यक्षेत्रका सवै स्थानमा संघसंग आवद्ध र नयाा ब्यवसायीहरुलाई सदस्यता नविकरण तथा नयाा सदस्यता प्राप्तीका बारेमा जानकारी दिने उद्देश्यले दास्रो पटक सोमवार लेखनाथ उद्योग वाणिज्य संघको सहकार्य तथा पावरहाउस बजार व्यवस्थापन समितिको आयोजनामा पोखरा २९ र ३० पावर हाउसका ब्यवसायीहरुका विच छलफल तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि एवं लेउवा संघका अध्यक्ष बलराम ढकालले लेखनाथ उद्योग बाणिज्य संघको भदौ १८ र १९ मा हुने महाधिवेशनका लागि चैत्र मसान्त सम्ममा दर्ता भएका ब्यवसायीहरुले मतदानमा भाग लिन पाउने ब्यवस्था भएको जानकारी गराउदै ब्यवसायीमा पर्न सक्ने पिर, मर्का तथा ब्यवसायीका समस्यको समाधानमा संघ सहयोगी भएर अगाडी वढदै आएको बताउनु भएको थियो ।

सोही अवसरमा संघका पुर्व अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले आफनो ब्यवसायीको कार्यकुसलताको लागि संघले तालिम तथा ब्यवसायीक प्रवर्द्धनका उपायका वारेमा जानकारी दिन तयार रहेको धारणा राख्नु भएको थियो ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय, कोषाध्यक्ष जानुका अधिकारी, संघका कार्यसमिति सदस्य भरतराज ओझा, बजार ब्यवस्थापन समितिका सल्लाहकार अर्जुन वस्नेत र सम्झौता आमा समुहकी अध्यक्ष पार्वती आचार्य लगाएतले संघले कोरना भाईरसका कारण कठिन अवस्थामा रहेका ब्यवसायीहरुको सवालमा नयाा  कार्ययोजना बनाएर आगाडी वढ्नु पर्नेमा जोड दिनु भएको थियो ।

पावरहाउस बजार ब्यवस्थापन समितिका अध्यक्ष पदमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य सल्लाहकार शोभामोहन पौडेलले गर्नुभएको थियो ।
 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by