Apr 06, 2021
लेखनाथ,२४ चैत्र ।

लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा संघका एशोसियट सदस्यहरु विच कोभिडले पारेका असर, व्यवसायीक समस्याका बारे बैठक तथा छलफल कार्यक्रम मंगलबार सम्पन्न गरियो ।

लेखनाथ उद्योग बाणिज्य संघका (एशोसियट) कार्यसमिति सदस्य एवं तालिम व्यवस्थापन उफसमिति संयोजक विक्रम कर्माचार्यको अध्यक्षतामा आयोजना गरिएको कार्यत्रममा बोल्दै रुचि पोल्ट्री प्रा.लिका संचालक शुमनिधि लोहनीले कोभिडमा भएको लकडाउनको असर अहिले बजारमा देखिरहेको बताउनुहुदैं हृयाचरी क्षेत्र पुरै प्रभावित भएको र बजारको माग र क्षमता अनुरुप काम गर्न नसकिएको वताउनुभएको थियो । त्यसैगरि बेगनास लेक रिसोर्ट एण्ड भिलाजका प्रवन्धक राम कुमार क्षेत्री, सिद्धिविनायक बोडिङ स्कुल प्रा.लि.का संचालक ज्ञानेन्द्रमोहन भट्टराई, फेवा ग्रुप अफ पोल्ट्री इण्डष्ट्रिज प्रा.लि.का संचालक एवं नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश उपाध्यक्ष मोतीप्रसाद पौडेल, हाम्रो गौरव बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष कमलनाथ कुंवर लगायतले आ आफ्नो क्षेत्रमा परेका असर र कोभिड प्रभावित क्षेत्रलाई अझ राहतको आवश्यक रहेको बताउनुभएको थियो । 

ऊक्त कार्यत्रममा संघका अध्यक्ष बलराम ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य बावुराम गिरी, संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, पुर्व अध्यक्ष चतुराखर अधिकारी लगायतले विश्वभर फेरी कोभिडको दोस्रो लगर फैलिरहेको अवस्थामा अव हामीले आत्मबल बलियो बनाउदैं परिस्थिति अनुसार नेपाल सरकार र सवै व्यवसाय चल्नुपर्ने, अव नेपाल लकडाउन हुनुहदैन भन्नेमा सवै सहभागिहरुको धारणा अनुरुप यस संघ मार्फत सरकारलाई सुझाव पेश गर्ने बताउनुभएको थियो ।
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by