May 31, 2021

हालका दिनहरुमा खाने तेलमा भएको मुल्यवृद्धि सम्वन्धमा विभिन्न संचार माध्यमहरुमा आएको समाचारहरु प्रति यस संघको ध्यानाकर्षण भएको छ । यसै सम्वन्धमा प्रशोधित खानेतेलमा भएको मुल्यवृद्धिका विषयमा श्री वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागवाट समेत पटक पटक भएको सोधनीका सम्वन्धमा वास्तविकता देहाय वमोजिम रहेको व्यहोरा सम्वन्धित सवैको जानकारीको लागि अनुरोध गर्दछौं ।

यस संघमा आवद्ध रहेका २० वटा प्रशोधित खानेतेल उत्पादन गर्ने उद्योगहरुले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल ईत्यादी उत्पादन गरी स्थानिय वजारमा साथै निकाशी समेत गर्दै आईरहेका छन ।

उद्योगहरुलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चा पदार्थ अन्तरार्ष्ट्रिय वजारबाट आयात गर्नुपर्दा अन्तरार्ष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मुल्य निर्धारण हुने गर्दछ ।

विगत करीव १६ महिना देखी नै विश्वमा फैलिएको महामारी Covid–19 तथा अन्य Geo–Political Issues हरुले गर्दा खाने तेलको मुल्यमा समेत अस्वाभाविक रुपमा वृद्धि हुन गएको छ । जुन हालसम्मको ऐतिहासिक मुल्यवृद्धि नै रहेको छ । 

Mar 2020 मा 614 US $ FOB Argentina  सोयाविनको तेल, 656 US $ FOB Ukraine   सनफ्लावरको तेलको मुल्य विगत १ बर्षमा असामान्य वृद्धि भई 1279 US $ FOB Argentina सोयाविनको तेल र 1580 US $ FOB Ukraine  सनफ्लावरको तेलको मुल्य पुगेको पुष्टाई युरोपवाट प्रकाशित हुने OIL World  को 23 April, 2021 को Document ले समेत प्रष्ट पार्दछ ।

प्रशोधित खानेतेल उद्योगहरुको स्थितिः

>> क्रुड सोयाविन तेल April 8, 2021 को US $ 1190 FOB वाट April 22, 2021 को मुल्य US $ 1279 FOB अथवा US $ 1350 CNF Haldia  पुगेको छ । र यो दुई हप्तामा US $ 90 per MT मुल्यवृद्धि हुन गएको छ ।

>> क्रुड सनफ्लावर तेलको हकमा April 8, 2021  मा US $ 1530 FOB वाट April 22, 2021 मा US $ 1580 FOB अथवा US $ 1660 CNF Haldia  भएको छ । 

>> नेपालका लागी जहाज आउने हल्डिया बन्दरगाह छिमेकी मुलुक भारतको पश्चिम बंगाल राज्यमा पर्दछ । त्यस राज्यमा भएको २ महिना लामो निर्वाचन, Covid-19 को निषेधाज्ञा र पेट्रोलियम पदार्थमा भएको अत्याधिक मुल्य वृद्धिको कारण हल्डिया देखि नेपाल भन्सार सम्मको ढुवानी असहज र महंगो हुन गएको छ ।

>> सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामग्रीमा प्रयोग हुने सामानको मुल्य समेत अन्तरार्ष्ट्रिय बजारमा अत्यधिक वृद्धि भएको छ ।

>> Covid-19 र निषेधाज्ञाको कारण उद्योगहरु पुर्ण क्षमतामा संचालन हुन नसकी करीव ४० प्रतिशत कै क्षमताको हाराहारीमा मात्र उत्पादन गरीरहेका छन ।

>> खानेतेलमा भन्सार महशुल १० प्रतिशत र मुल्य अभिवृद्धि कर १३ प्रतिशत भएकोले एक वर्षमा कच्चा पदार्थको मुल्यमा भएको दोब्वर वृद्धिका कारण गत वर्षमा महशुल सरदर रु २० /– प्रति लि. रहेकोमा हाल सरदर रु ४० /– भन्दा वढी पुगिसकेको छ ।

>> हालसम्म पनि चलन चल्तिको अन्तर्राष्ट्रिय मुल्य अनुसारको नेपालको मुल्य अझै परिमार्जित हुन सकेको छैन ।

यस संघका सदस्य उद्योगहरुवाट कुनै प्रकारको कृतिम अभाव सृजना गरी मुल्य वृद्धि नभएको, हालको मुल्यवृद्धि अन्तर्राष्ट्रिय वजारमा दिनाहु भईरहेको मुल्यवृद्धिको कारणले भएको जानकारी गराउदछौं । साथै हालको विषम परिस्थितिमा न्युन जनशक्तिवाट पनि यथासंम्भव उद्योग नियमित रुपमा संचालन गरी आपुर्ति व्यवस्थालाई सुचारु राख्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by