Jun 03, 2021
उद्योग वाणिज्य संघ–चितवनको तनहूंमा राहत वितरण कार्यक्रम

जेष्ठ २०,चितवन । 

उद्योग वाणिज्य संघ–चितवनले आज राहत वीतरण कार्यक्रम सम्पन्न गरेको छ । चितवनको विकट मानिने देवघाट गाउंपालिका १ बसेनीटारमा संघले आज एक कार्यक्रमका वीच राहत वितरण गरेको हो । 

राहत वितरण गर्दै संघका अध्यक्ष राजु श्रेष्ठले कोभिड १९ को नयाँ भेरियन्ट सहितको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट लागु गरिएको निषेधाज्ञाको कारण दैनिक ज्याला मजदुरी गरि जिविको पार्जन गर्ने सर्वसाधारणलाई हातमुख जोड्ने समस्या परेकोले राहत वितरण गरिएको बताउनु भयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले संघले संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत राहत वितरण गरिएको बताउनु भयो । उहांले मानवीय समस्या र सेवामा कुनै भौतिक सिमा नहुने बताउंदै तनहूंको देवघाट गाउंपालिका १ को विकटमा रहेको  वसेनीटारमा राहतवितरण गरिएको बताउनु भयो । कार्यक्रममा अध्यक्ष श्रेष्ठले कोरोनाको जोखिम अझ पनि उच्च रहेकोले सबैलाई सुरक्षित रहन अपिल गर्दै आगामी दिनहरुमा पनि यस किसिमको सहयोगलाई निरन्तरता दिने बताउनु भयो । 

राजमार्ग देखी करिब १२ किलोमिटरको उचाईमा रहेको उक्त विकट वस्तिका ५५ विपन्न परिवारलाई चामल, दाल, तेल, चिउरा, आलु, नुन लगायतका दैनिक अत्यावश्यकिय उपभोग्य वस्तु वितरण गरेको संघका प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिनुभयो । संघले गतबर्ष देखिनै कोरोना राहत कोषको स्थापना गरि चितवन र आसपासमा रहेका वस्तीमा राहत वितरण लगायत अन्य सहयोगका कार्यक्रमहरु संचालन गर्दै आईरहेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले जानकारी दिनु भयो । तनहूँका सभासद् माननीय कृष्ण कुमार श्रेष्ठको समन्वयमा गरिएको राहत वितरण कार्यक्रममा संघका प्रथम उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, द्वितीय उपाध्यक्ष चिरञ्जिवि सुवेदी, कार्यसमिति सदस्यद्वय राजेन्द्र ओली र लिलबहादुर क्षेत्री तथा वडा देवघाट १ का जनप्रतिनिधिको सहभागिता रहेको उद्योग वाणिज्य संघ–चितवनको सचिवालयले जनाएको छ । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by