Jul 29, 2021
नेपाल फ्रेट फरवार्डरस् एशोसिएसन (नेफा) ले २७औं कार्गो दिवस मनाइयो

२०७८/०४/१४ गते 

नेपाल फ्रेट फरवार्डरस् एशोसिएसन (नेफा) ले २७औं कार्गो दिवस संघका संस्थापक अध्यक्ष श्री रविन्द्र मान सिंह प्रधानबाट दिप प्रज्वलन गरि औपचारीक रूपमा उद्घाटनका साथ सम्पन्न भयो । 

प्रत्येक वर्ष २९ जूलाईका दिन सम्बन्धित सरकारी निकाय, मन्त्रालय, विभाग, अर्न्तराष्ट्रिय लोजिष्टिक क्षेत्रका प्रतिनिधी, निजी क्षेक्रका व्यक्तित्वहरू लगायत सम्बन्धित Stake  Holders हरूलाई एकै स्थानमा आमन्त्रण गरि कार्यगत एकता
स्थापित गर्न राष्ट्रिय पर्वको रूपमा नेपाल फ्रेट फरवार्डरस एशोसिएसनले कार्गो दिवस मनाउंदै आएको भएता पनि मूलूक भर महामारीको रूपमा फैलिएको कोभिड-१९ को नियन्त्रणका निमित्त नेपाल सरकारद्वारा निर्दिष्ट आदेशको पालना गर्दै यस वर्ष साङ्केतीक रूपमा मात्र सिमित कार्यक्रमका साथ कार्गो दिवस आयोजना गरिएको छ ।

कार्यक्रममा उपस्थित महानुभावहरूलाई स्वागत गर्दै संघका अध्यक्ष श्री मनोज अधिकारीले कार्गो व्यवसायको व्यवसायिक क्षमता अभिवृद्धि र विश्वभर फैलिएको महामारीका विच नेपाली लजिष्टक क्षेत्रलाई जोगाई रहन कार्गो व्यवसायी तथा एयरलाईन्सहरूको एक अर्काको साथ र सहयोग अपरिहार्य रहेको जानकारी दिनु भयो । यसै गरि आफ्नो मन्तव्यमा संघका निवर्तमान अध्यक्ष श्री प्रकाश सिंह कार्कीले कार्गो सेवा अभिवृद्धि गर्नका लागि संघ, एयरलाईन्स र रेल सेवा प्रदायकहरू बिच सुमधुर सम्बन्ध रहेको र कोरोनाका कारण धरासायी भएको कार्गो क्षेत्र चलायमान बनाउन तीन वटा क्षेत्र हातेमालो गर्दै अगाडी बढ्नु बाहेक अर्को बिकल्प नरहेको बताउनु भयो । संघका संस्थापक अध्यक्ष श्री रविन्द्र मान सिंह प्रधानबाट समस्त कार्गो व्यवसायीहरूमा कार्गो दिवसको शुभकामना व्यक्त गर्दै नेपाली कार्गो क्षेत्रको इतिहासको बारेमा जानकारी दिनु भयो । नेपाली राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाईन्सका प्रबन्ध निर्देशक श्री डिम प्रसाद पौडेलले आफ्नो मन्तव्यमा नेपाल एयरलाईन्सको अवस्था हाल कठिन मोडमा रहेको र यसलाई बलियो र प्रतिस्पर्धी बनाउनका लागि नेपाल एयरलाईन्सका व्यवस्थापनको तर्फबाट आवश्यक सुधारका कामहरू भईरहेको जानकारी दिन् भयो ।

कार्यक्रममा संघबाट प्रदान गर्दै आएको नेफा वार्षिक अवार्ड, सदस्य तर्फ संघको सदस्य कम्पनी Image Air & Sea Freight Pvt. Ltd. का प्रबन्ध निर्देशक श्री रुस्तम लाल श्रेष्ठलाई ३८ वर्ष देखि यस व्यवसायमा संलग्न रहि यस व्यवसायको विकाश एवं विस्तारको निम्ति निरन्तर रूपमा लागि रहनु भएको र नेफा कार्यसमिति तथा विभिन्न उपसमितिमा रहि यस क्षेत्रको प्रवर्द्धनमा निरन्तर दिनु भएको योगदान वापत प्रदान गरियो ।

उद्घाटन समारोहमा नेपालबाट सवै भन्दा वढि कार्गो बोक्ने तथा उत्कृष्ठ सेवा प्रदान गर्ने अवार्ड "Highest Cargo Uplift Award 2021"  तर्फ Qatar Airways, Nepal Airlines Corporation र Cathay Pacific Cargo लाई क्रमश प्रथम, द्वितीय र तृतीय पुरस्कार प्रदान गरियो त्यस्तै अफ लाईन एयरलाईन्स तफ Oman Air Cargo लाई प्रथम पुरस्कार प्रदान गरिएको छ ।

यसै गरि कोभिड १९ को महामारीको अवधिमा पनि एयरलाईन्स तथा रेलवे सेवा संचालन गरि नेपाली आयात निर्यातमा सहजीकरण गर्ने एयरलाईन्स तर्फ    Turkish  Airlines,  Himalaya  Airlines,  Air  Arabia  Cargo, flydubai, Korean Air, Emirates Sky Cargo, Japan Airlines Cargo तथा रेलवे सेवा तर्फ Container Corporation of India Pvt. Ltd. (CONCOR) लाई Certificate of Appreciation बाट सम्मान गरियो ।

कार्यक्रमको    अन्त्यमा नेपाल फ्रेट फरवार्डरस् एशोसिएसन (नेफा)     का प्रथम उपाध्यक्ष श्री राजेन्द्र संग्रौलाले धन्यवाद मन्तव्य व्यक्त गर्नु भयो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by