Oct 05, 2021
महिला उद्यमीहरुलाई बैंकिङ्ग सम्बन्धी आधारभूत तालिम प्रदान
२०७८ असोज १९  गते

सिद्धार्थ उद्योग वाणिज्य संघ ,रुपन्देही  अन्तर्गतको  महिला उद्यमी विकासउप समितको संयोजनमा महिला उद्यमीहरुलाई लक्षित गरी बैंकिङ्ग सम्बन्धी तालिमको आयोजना गरियो ।

तालिम कार्यक्रमको सभापति तथा  समितिका संयोजक कार्यसमिति सदस्य पल्लवी न्यौपानेज्यूले सबैलाई स्वागत सहित संघले महिला उद्यमीहरुलाई बैंक सम्म सहज पहुचँ गराउने  उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भएको थियो ।

तालिममा राष्ट्र बैंक मार्फत जारी गरिएको महिला उद्यमी लक्षित कर्जा लिन कसरी आवेदन दिने र कुन कुन प्रकृया तथा काजगपत्रहरु तयारी गर्ने बारे  तालिम प्रदान गरिएको थियो । संघका महासचिव विजय पाण्डेज्यूको संचालनमा सम्पन्न उक्त तालिममा बैंकर्स क्लब भैरहवाका अध्यक्ष खिम बहादुर कार्कि, सचिव अमृत थापा कोषाध्यक्ष प्रेमसागर अग्रहरी , कृषि विकास बैंक प्रदेश कार्यालयकी बरिष्ठ शाखा प्रमुख सिमा बनज्यूले आ–आफ्नो अनुभव र बैंकिङ्ग प्रणाली , कर्जा प्राणाली बारे जानकारी दिनु भएको थियो ।

तालिममा ऋचा के.सि तथा कृष्णप्रसाद बस्यालज्यूले  प्रशिक्षकको भुमिका निभाउनु भएको थियो । तालिम कार्यक्रमका प्रमुख अतिथि तथा संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेज्यूले उद्देश्यअनुसार लिएको कर्जाको सदुपयोग गरी व्यवसायीक दक्षता हासिल गर्दै अगाडी बढ्नु पर्र्ने तथा विना झन्झट सहज रुपमा कर्जा प्रवाह गर्ने गरी सरोकारवालाहरु लाग्नुपर्ने महिला उद्यमीहरुको विकासमा सहयोग पु¥याउनु पर्ने बताउनु भएको थियो ।  उक्त एक दिने तालिमका ४०  जना महिला उद्यमीहरुको सहभागिता रहेको थियो । कार्यक्रम पश्चात संघले महिलाहरुलाई मात्र लक्षित गरी यस प्रकारको तालिम प्रदान गरेकोमा सहभागि प्रशिक्षार्थिहरुले संघलाई धन्यवाद दिएका थिए ।  
 

Copyright © 2005 - 2026. FNCCI. All Rights Reserved.

Powered by
Feedback Image