Oct 29, 2021
सिद्धार्थ उवासंघ,रुपन्देही र स्पेनको क्यासर्स चेम्बर अफ कमर्स इन्डष्ट्रिज एण्ड शर्भिसेस विच भगिनी सम्बन्ध स्थापित
 
मिति २०७८ कार्तिक १२ गते 

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र स्पेनको क्यासर्स चेम्बर अफ कमर्स इन्डष्ट्रिज एण्ड शर्भिसेस विच संझौता कार्यक्रमको आयोजना गरी भगिनी सम्बन्ध स्थापित गरिएको छ । संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेज्यूको अध्यक्षता तथा राष्ट्रिय सभा नेपालका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाज्यूको प्रमुख आतिथ्यता तथा स्पेनका क्षेत्रिय सभाका सभामुखज्यूको विशिष्ठ अतिथ्यतामा सम्झौता कार्यक्रम सम्पन्न भएको थियो । उपस्थित सबैलाई स्वागत गदै अध्यक्ष भीष्मप्रसाद न्यौपानेज्यूले कार्यक्रमा पाल्नु भएका सबैलाई स्वागगत गर्दे यो भगिनी सम्बन्ध केबल दुई संघहरु विचको मात्र नभएको यो सम्बन्ध नेपाल र स्पेन तथा दुई फरक संस्कति विच समेत भएकोले संघको लागि एतिहासिक दिन भएको  बताउनु भएको थियो । 

संझौता पत्रमा संघको तर्फबाट अध्यक्ष भीष्म प्रसाद न्यौपाने र क्यासर्स चेम्बर अफ कमर्शको तर्फबाट सो चेम्बरका अध्यक्ष ग्राबियल एलभेरेज आरयोज्यूले गर्नु भएको थियो ।  हस्ताक्षर कार्यक्रम पश्चात शुभकामना मन्तब्यको क्रममा प्रमुख अतिति राष्ट्रिय सभाका अध्यक्षज्यूले य स सम्बन्धले युरोपको स्पेन र नेपलाको आर्थिक विकास र लगानिका अवसरहरको लागि महत्वपूर्ण भएको बताउँदै दुबै संघहरुलाइ बधाई ज्ञापन व्यक्त गर्नु भएको थियो । स्पनेबाट पाल्नु भएका सबै अतिथिज्यूहरुलाई सिद्धार्थ उद्योग वाणिज्य संघका पदाधिकारी तथा  कार्य समिति सदस्यज्यूहरुले स्वागत गर्दै मायाको चिनो प्रदान गर्नु भएको थियो । संघका महासचिब विजय पाण्डेज्यूको संचालनमा सम्पन्न उक्त कार्यक्रममा स्पेन चेम्बरका अध्यक्षले लुम्बिनीमा अवस्थित सिद्धार्थ उद्योग वाणिज्य संघ सम्बन्ध स्थापित गर्न पाउनु आफुहरु र स्पेनको लागि एतिहासिक भएको बताउनु भएको थियो ।  उक्त सम्झौता हस्ताक्षर कार्यक्रममा संघीय माननीय सदस्यज्यूहरु, प्रदेश शभाका पूर्व मन्त्री, स्पेनका केसर्स सिटिका मेयर,  लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगरप्रमुख,  सिद्धार्थ नगरपालिकाका उप प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यज्यूहरु, संघका पूर्व अध्यक्षज्यूहरु, सल्लाहकारज्यूहरु पदाधिकारीज्यूहरु, कार्यसमिति सदस्यज्यूहरु, लुम्बिनी होटल संघका पदाधिकारीज्यूहरुको सहभागिता रहेको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by