Nov 15, 2021
सिद्धार्थ उवासंघमा अनलाईन उत्पत्ति प्रमाण पत्र जारी गर्ने सम्बन्धी दुई दिने तालिम

२०७८ कार्तिक २९ गते 

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीको संयोजन तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा निकासीकर्ता उद्योगीहरुलाई लक्षित गरी विद्युतीय माध्यमबाट अनलाईन उत्पत्ती प्रमाण पत्र जारी सम्बन्धि प्रक्रिया वारे दुई दिने तालिम संचालन गरिएको छ ।  तालिमको समुद्घाटन कार्यक्रम संघका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठज्यूको अध्यक्षतामा भएको थियो । 

निकासीकर्ताहरुलाई समय अनुसार आवश्यक रहेको अनलाईन प्रक्रियावारे जानकारी दिने उद्देश्यले उद्योग वाणिज्य महासंघसंग समन्वय गरी तालिम प्रदान गरिएको कार्यवाहक अध्यक्षज्यूले बताउनु भएको थियो । उक्त दुई दिने तालिममा निकासी गर्ने उद्योगहको तर्फबाट उत्पत्ति प्रमाणपत्र हेर्ने करिब २० जना कर्मचारीहरुको सहभागिता रहेको थियो । 

वाणिज्य उपाध्यक्ष नेत्रप्रसाद आचार्यज्यूको स्वागत तथा कार्यकारी उपसचिव खगेन्द्र शर्माको संचालनमा भएको समुद्घाटन कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्यज्यूहरुको सहभागिता रहेको थियो भने तालिमका प्रशिक्षकको भूमिका नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ अधिकृत ई‍. मिलभ श्रेष्ठज्यू निभाउनु भएको थियो ।

नेपाल सरकारको राष्ट्रिय एकद्धार प्रणाली अन्तर्गत तेस्रो मुलुक निकासी प्रक्रियालाई सहज बनाउने उद्देश्य अनुरुप तालिम संचालन गरिएको थियो ।  
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by