Feb 14, 2022
पर्यटन व्यवसायीका समस्या समाधानका संघले पहल गर्ने 

मिति २०७८ फागुन २ गते  

संघ अन्तर्गतको  पर्यटन प्रवद्र्धन उप समितिको बैठक उस समितका संयोजक कार्यसमिति सदस्य संजय बजिमयज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो । बैठकमा सहभागि उप समितिका सदस्यहरुले विद्यमानमा पर्यटन उद्योगीहरुले भोग्नु परेका समस्या , सहुलियत पुर्नकर्जा आगामी दुई बर्ष सम्म पाउनु पर्ने, बैंक ब्याजमा तथा साावा भुक्तानीमा समय सिमा थप हुनुपर्ने  लगायतका समस्या , कोरोनाले पारेको प्रभावका कारण सहज रुपमा व्यवसाय गर्न अप्ठ्यारो भएको बिषयहरु समाधान गरिनुपर्ने विचारहरु प्रकट गरिएको थियो ।  छलफलको क्रममा पर्यटनको विकासको लागि छिटो भन्दा भन्दा गौतमबुद्ध अन्तराष्ट्रिय विमान स्थलको संचालन हुनुपर्ने साथै सयम क्रम अनुसार आन्तरीक तर्फको पार्किङ्ग परिसर र प्रस्थान कक्षहरु विस्तार गरिनु पर्ने  बिषयमा छलफल भएको थियो ।  छलफलमा प्रमुख अतिथिको मन्तब्य राख्दै निवर्तमान अध्यक्ष कुलप्रसाद न्यौपानेज्यूले संघले निरन्तररुपमा पर्यटन उद्योगको समस्या समाधानमा पहल गरिरहेको बताउनु भएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माज्यू,  प्रदेश उपाध्यक्ष दिपक पौडेलज्यूले पर्यटन उद्योगीहरुको समस्या समाधानको लागि प्रदेश उद्योग वाणिज्य संघ तयार रहेको बिचार व्यक्त गर्नु भएको थियो । बैठकको  समापन गर्दै संयोजक संजय बजिमयज्यूले छलफलमा उठेका बिषयवस्तुहरु समाधानको लागि सम्बन्धित निकायहरुमा संघले पहल गर्ने  विचार सहित उपस्थित सबैमा धन्यवाद सहित बैठकको समापन गर्नुभएको थियो । महासचिव विजय पाण्डेज्यूले सहजिकरण गर्नु भएको बैठकमा सिद्धार्थ होटल एशोसियनका पदाधिकारीज्यूहरु, संघका बरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठज्यू लगायत कार्यसमिति सदस्यज्यूहरुको उपस्थिति रहेको थियो । 

 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by