Apr 20, 2022
व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी सचेतनामूलक तालिम आयोजना

२०७९ बैशाख ७ गते

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्र ललितपुरको आयोजनमा घरेलु तथा साना उद्योगमा कार्यरत श्रमिकहरुको लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी २ दिने सचेतनामूलक तालिम आयोजना गरियो । तालिमको शुभारम्भ कार्यक्रममा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्म प्रसाद न्यौपानेले उद्योगमा सुरक्षा र स्वास्थ्यलाई विशेष ध्यान दिनु पर्ने चतम तथा तालिमले औद्योगिक प्रतिष्ठानमा सुरक्षित भएर काम गर्नु पर्छ भन्ने सन्देश दिएको बताउनु भएको थियो । 

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रका शाखा अधिकृत सतिश कुमार उपाध्यायले कार्यस्थलमा आउने समस्या समाधानका लागि सहज होस् भन्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताए । उनले विगतका घटनाक्रमलाई दोहोरिन नदिन तालिमबाट सिकेका कुरा लागू गर्न सकिए तालिम सफल बताउनु भएको थियो । 

सिद्धार्थ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपाने, उपाध्यक्ष दिलिप कुमार कान्दुले यो तालिमले उद्योगमा हुने समस्या समाधान गर्न सहयोग गर्न बताए । प्रशिक्षक उदय कुमार महतोले सुरक्षा सावधानी अपनाउँदा जोखिम हुने भएकाले सावधानी अपनाउनु परेको बताउनु भएको थियो । संघका कार्यकारी सचिव आनन्द खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको उक्त पहिलो दिनको तालिममा औद्योगिक प्रतिष्ठानहरु २५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको उक्त तालिम बिहीबार पनि सञ्चालन गरिने आयोजकले जनाएका छन् । तालिममा प्रशिक्षक सतिश कुमार उपाध्याय, शंकर कार्की र कमल पौडेलले सहजीकरण गर्नुभएको थियो । 
 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by