Apr 21, 2022
उवासंघ चितवनको स्वागत एवम् छलफल कार्यक्रम

८ वैशाख, भरतपुर । 

उद्योग वाणिज्य संघ–चितवनको सभाकक्षमा चितवन जिल्लाको ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धि छलफल कार्यक्रम सम्पन्न भएको छ । उद्योग वाणिज्य संघ–चितवनले चितवन जिल्लाको लागि नवआगन्तुक ट्राफिक प्रहरी प्रमुख धर्मवहादुर अधिकारीको स्वागत सहित उक्त छलफल कार्यक्रमको आयोजना गरेको हो । 

कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै संघका अध्यक्ष चुननारायण श्रेष्ठले चितवन नेपालको मध्यभागमा अवस्थित भएको कारण सवारी साधनको चाप बढेको बताउनु भयो । उहाँले समय र माग बमोजिम सवारी साधनमा बृद्धि हुंदै जाने, औद्योगिक तथा व्यवसायिक विकाससंगै सवारी चाप बृद्धि हुने बताउंदै यसको सहि व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले मूल सडक र शाखा सडकको ट्राफिक व्यवस्थापन गर्नका लागि छुट्टाछुट्टै रणनीति तय गरिनुपर्ने बताउंदै यसका लागि निजी क्षेत्रको तर्फबाट सहकार्य र सहयोग रहने बताउनु भयो । 

सोहि कार्यक्रममा बोल्दै ट्राफिक प्रहरी प्रमुख धर्मबहादुर थापाले चितवन जिल्लाको ट्राफिक व्यवस्थापनका लागि आफुले अल्पकालिन र दिर्घकालिन कार्ययोजना तयार गरि कार्यान्वय गर्न लागिएको बताउंदै उद्योग वाणिज्य संघ–चितवनबाट यसको खाकाको लिखित प्रारुप प्राप्त भएमा योजनालाई अझ बढी परस्कृत गराउंदै सहकार्य गर्ने बताउनु भयो । उहाँले निजी क्षेत्रको सद्भाव र सहयोगको लागि आफु सदैव कृतज्ञ रहेको बताउंदै सामुहिक प्रयासका लागि व्यवसायीलाई अनुरोध गर्नुभयो ।

 छलफल कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठले सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गगत रहि दुर्घटना न्यूनीकरणका साथसाथै बजार र ट्राफिक व्यवस्थापन गर्न सकिने बताउनु भयो । कार्यक्रममा संघका पदाधिकारी, कार्यसमिति सदस्य , संघमा आवद्ध विभिन्न वस्तुगत संघका अध्यक्ष, पदाधिकारी, बिभिन्न टोल विकास संस्थाका पदाधिकारी, उद्यमी व्यवसायी लगायतको उपस्थित रहेको थियो । चितवन जिल्लाको ट्राफिक व्यवस्थापन, बजार व्यवस्थापन र व्यवसायिक सुरक्षाका सम्बन्धमा संघले नियमित रुपमा यस किसिमका कार्यक्रमहरु आयोजना गर्ने संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनु भयो । 

कार्यक्रममा सहभागीहरुले ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा बजार व्यवस्थापनका सम्बन्धमा बिभिन्न जिज्ञासा राख्नुका साथसाथै सुझावहरु समेत पेश गरेका थिए । संघका अध्यक्ष चुननारायण श्रेष्ठको अध्यक्षता र कार्यकारी निर्देशक निलबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो । 


 

Copyright © 2005 - 2024. FNCCI. All Rights Reserved.

Powered by